मङ्लबार, बैशाख ३०, २०८२

अवैध लागूऔषधसहित १३ जना पक्राउ


कान्तिपथ



काठमाडौं महानगरपालिका-२६ मित्रनगर मन्जुश्री मार्गस्थित सडकबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय ६६ एम्पुल, डाइजेपाम १ सय ५६ एम्पुल र बुप्रेनोर्फिन १ सय ६६ एम्पुल सहित पर्सा वीरगंज महानगरपालिका-२३ घर भई काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्क बस्ने २६ वर्षीय रोशन कुमार यादवलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको छ ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नियन्त्रित लागूऔषध वानरेक्स एक सय एमएलको २ सय २५ बोतल सहित पर्सा बहुदरमाई नगरपालिका-९ बस्ने २४ वर्षीय मुमताज मियालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले बारा अमलेखगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको मधेश प्रदेश ०३-००१ ज ४५१ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सुमोको छत माथी रहेको टायरभित्र बोरामा लुकाई छिपाई ल्याएको उक्त लागूऔषध फेला पारी सुमो चालक मुमताजलाई पक्राउ गरेको हो ।

बाँके, नेपालगञ्ज उपमहानगरपालिका-२ पुष्पलाल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१८ कारकाँदो बस्ने ४२ वर्षीय पुष्कर कार्कीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-१० शिवचोकबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्राम, ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम र नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन २५ एम्पुल, डाइजेपाम १२ एम्पुल र फेनारगन ११ एम्पुल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१० शिवचोक बस्ने ३९ वर्षीय राज नेपाली र ४५ वर्षीय मिलन भन्ने राजेन्द्र गुरुङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कास्की, पोखरा महानगरपालिका-६ नारेश्वरबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १७ ग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१० अम्मरसिंह बस्ने ३० वर्षीया निशा गुरूङ र अन्नपूर्ण गाउँपालिका-३ घर भएका ३४ वर्षीय विश्व गुरूङ रहेका छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ निङ्गलासैनी टोल बस्ने ३० वर्षीय निशान्त घर्तीमगरलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय राकेश परियार र २८ वर्षीय धर्मचन्द्र गिरी रहेका छन् । प्रहरी चौकी पानबारीबाट खटिएको प्रहरीले राकेशको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

कञ्चनपुर, भीमदत्त नगरपालिका-९ ब्रह्मदेव दुर्गेटोलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १५ ग्राम र ३ राउण्ड गोली सहित सोही ठाउँ बस्ने ४२ वर्षीय कर्ण बहादुर कार्कीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ र गोली फेला पारी पक्राउ गरेको हो ।

रूपन्देही, देवदह नगरपालिका-५ खैरेनीचोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४१ एम्पुल, फेनारगन ४१ एम्पुल र टेलजेसिक ४१ एम्पुल सहित कन्चन गाउँपालिका-५ रूद्रपुर बस्ने २४ वर्षीय यम बहादुर बिकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

नवलपरासी पूर्व, कावासोती नगरपालिका-१६ चालिसकिलोबाट नियन्त्रित लागूऔषध डाईजेपाम १९ एम्पुल, फेनारगन १९ एम्पुल र नोर्फिन १९ एम्पुल सहित चितवन भरतपुर महानगरपालिका-२१ बस्ने ३२ वर्षीय क्षितिज तामाङ योङ्जनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरि रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत