काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालन हुने दोस्रो समूहको ‘दमकल, वाटर क्यानन् चालक तथा अप्रेटर तालिम’ सुरू भएको छ ।
सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले मंगलबार आयोजित कार्यक्रमबीच उक्त तालिमको उद्घाटन गरे ।
कार्यक्रममा प्रहरी निरीक्षक ई. अञ्जन राज खरेलले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक १ जना, प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हवल्दार ११ जना, प्रहरी सहायक हवल्दार ८ जना जना र प्रहरी जवान ४ जना गरी कूल २५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ