बिहिबार, जेष्ठ ८, २०८२

प्रगतिशील प्राध्यापक संगठनको अध्यक्षमा डा. खतिवडा चयन


कान्तिपथ


काठमाडौं । नेपाल प्रगतिशील प्राध्यापक संगठनको अध्यक्षमा पद्मप्रसाद खतिवडा सर्वसम्मत निर्वाचित भएका छन । 

काठमाडौंमा बुधवार सम्पन्न ११ औं राष्ट्रिय सम्मेलनबाट खतिवडा सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन ।

सम्मेलनले वरिष्ठ उपाध्यक्षमा मनोज विष्ट, उपाध्यक्षहरुमा नरेन्द्र कोइराला, भरत राई, तेज बिक्रम बस्नेत, रामजी पोखरेल, बलराम रायमाझी, तिलक भुसाल, नरेन्द्र सिवाकोटी र माया घिमिरेलाई चयन गरेको छ ।

यस्तै महासचिवमा सुमन खरेल, उपमहासचिवमा नन्दीकिशोर नेपाल, दिनेश पन्थी र देवराज आर्याललाई चयन गरेको सम्मेलनले सचिवमा सात प्रदेशबाट एकएक जनाको दरले सचिव चयन गरेको छ ।

जसअनुसार कोशीबाट होमबहादुर बस्नेत, मधेशबाट किशोर साह, बागमतीबाट छबि बराल, गण्डकीबाट श्रीकान्त खतिवडा, लुम्बिनीबाट भुवनेश्वर लामिछाने,  कर्णालीबाट विष्णुकुमार खड्का र सुदुरपश्चिमबाट कृष्णसिंह साउद रहेका छन ।

यस्तै कोषाध्यक्षमा कृष्ण ओझा, सहकोषाध्यक्षमा चन्द्र बदना राई, लेखा आयोग अध्यक्षमा बिदुर नेपाल र सचिवमा केपी अर्याललाई चयन गरेको छ ।

यसैगरी अनुशासन आयोग अध्यक्षमा बाबुराम चापागाई र सचिवमा मिनप्रसाद अधिकारीलाई चयन गरेको छ ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत