सोमवार, जेष्ठ ५, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • पूर्वराजासँग भेटवार्ताको समाचारप्रति सर्वोच्च चर्कियो, सम्पादक केसीलाई बयान दिन आदेश

पूर्वराजासँग भेटवार्ताको समाचारप्रति सर्वोच्च चर्कियो, सम्पादक केसीलाई बयान दिन आदेश


गणेश विक


काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेको भनी प्रकाशित समाचारलाई लिएर सर्वोच्च अदालत बयानका लागि आदेश दिएको छ ।

सो समाचारका कारण अदालतको अपहेलना भएको भन्दै परेको रिटमा नेपाल पेनका अनलाइनका सम्पादक र प्रकाशक दिपेश केसीलाई बयान दिनका लागि आदेश दिएको हो ।

अवहेलना मुद्दामा आज आज सुनुवाइ गर्दै न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले प्रतिवादी केसी लगायतलाई बयान गराउने आदेश गरेको हो ।

‘नेपाली पेन’ अनलाइनले ‘प्रधानन्यायाधीशले पूर्वराजालाई किन भेटे’ शीर्षकको समाचार प्रशासन गरेको थियो ।

उक्त समाचारलाई लिएर सर्वोच्च प्रशासनले नेपाली पेन र त्यसका प्रधान सम्पादक केसीलगायत विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत