सोमवार, कार्तिक २४, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • अवैध रुपमा बालुवा निकालेर बेचि भरत ताल बनाउने : मेयरसहित ६ जनाविरुद्ध वन अतिक्रमण मुद्दा

अवैध रुपमा बालुवा निकालेर बेचि भरत ताल बनाउने : मेयरसहित ६ जनाविरुद्ध वन अतिक्रमण मुद्दा


गणेश विक


काठमाडौँ । कुनै जमानामा बालुवाकाे अबैध निकासी गरेर त्यसमा बनेकाे खाल्डाेमा पानी हालेर भरत ताल बनाउदै र त्यही कुरालाई प्रसारप्रचार गरेर बागमती नगरपालिकाकाे मेयर बन्न सफल भरत कुमार थापामाथि मुद्दा परेकाे छ ।

सर्लाहीको बागमती नगरपालिकामा भरत ताल निर्माणको नाममा भएको वन अतिक्रमण र स्रोत दोहनको विषयमा गम्भीर अनियमितता भेटिएपछि निलम्बित समेत भएका नगरप्रमुख भरत कुमार थापा, उपप्रमुख लिला कुमारी मोक्तानसहित ६ जनाविरुद्ध वन सम्बन्धी मुद्दा दर्ता गरिएको हाे।

वन तथा वातावरण मन्त्रालयको निर्देशनमा डिभिजन वन कार्यालय, सर्लाहीले जिल्ला अदालत सर्लाहीमा बिहीबार दर्ता गरेको मुद्दा अनुसार, वन ऐन २०७६ अनुसार उनीहरूलाई पाँच वर्षसम्म कैद वा एक लाख रुपैयाँ जरिवाना वा दुवै सजाय माग गरिएको छ।

यी हुन् मुद्दा दर्ता भएका व्यक्तिहरू
१. भरत कुमार थापा – निलम्बित नगर प्रमुख
२. लिला कुमारी मोक्तान – निलम्बित उपप्रमुख
३. विमल कुमार पोखरेल – तत्कालीन प्रमुख प्रशासकीय अधिकृत
४. विश्वराज पोखरेल – तत्कालीन लेखा अधिकृत
५. सागर पौडेल – नगरपालिका इन्जिनियर

६. मेथुर चौधरी – जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख

    के भएकाे थियाे खासमा ?
    सागरनाथ वन विकास परियोजनाको करिब १७३ हेक्टर क्षेत्रफलमा अतिक्रमण गरी निर्माण गरिएको ‘भरत ताल’ र वरपरका संरचना, रुख कटान, उत्खनन् र त्यसबाट भएको हानीनोक्सानीको विषयमा अनुसन्धान सुरु भएको थियो। प्रारम्भिक अनुसन्धानपछि संलग्न प्रतिनिधिहरूको भूमिकाबारे गम्भीर प्रश्न उठेको छ।

    पहिला माछा पोखरी अहिले “भरत ताल”

    २०७४ सालमा निर्वाचित भएपछि भरत थापाले नगरसभाबाट निर्णय गराई माछा पालनको नाममा पोखरी निर्माण गर्ने स्वीकृति लिए पनि सो कार्यलाई पछि पर्यटकीय आकर्षणको केन्द्र बनाउने भन्दै आफ्नो नामबाट “भरत ताल” नामाकरण गरिएको थियो। तर परियोजना वन क्षेत्रभित्र पर्ने र सोको लागि आवश्यक स्वीकृति नलिएको पुष्टि भएपछि कानुनी प्रश्न उठेको हो। खासमा भरतले त्यहा पाेखरी खन्ने बहानामा त्यहा रहेकाे बालुवा चाेरीनिकासी गरेका थिए । बालुवा निकाल्दै जाँदा त्यहा गहिराे खाल्डाे बस्न गयाे । त्यसरी बनेकाे खाल्डाेमा चण्डाल भरतले पानी खन्याए र ताल बन्न लगाए । पछि आफ्नै नाममा भरत ताल नामाकरण गरे ।

    भ्रष्टाचार मुद्दासमेत दर्ता

    यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै परियोजनासँग सम्बन्धित सामग्री — ढुंगा, गिट्टी, बालुवा — को उत्खनन् र बिक्रीमा अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ।
    भ्रष्टाचार मुद्दा दर्ता भएपछि भरत थापा निलम्बनमा परेका थिए। थप रूपमा, आयोगले २०८० चैत २८ गते गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा पनि थापाविरुद्ध ५ करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ बिगो माग गर्दै मुद्दा दायर गरेको थियो।

    प्रभाव
    हाल भरत ताल पर्यटकीय आकर्षणको रूपमा प्रचारित भए पनि निर्माण प्रक्रिया र कानुनी स्वीकृति विनाको कामले अहिले राज्यको स्रोतको दुरुपयोग र वन क्षेत्र अतिक्रमणको गम्भीर उदाहरण बनेको छ।

    स्राेतका अनुसार यस्तो घटनाले स्थानीय तहमा सत्ताको दुरुपयोग, वातावरणीय कानुनको अवज्ञा र स्रोत साधनको अनियमित प्रयोगको स्पष्ट संकेत दिन्छ। उनले अनुचित कार्य गरे पनि सत्ता र शक्तिकाे आडमा बच्दै आएका थिए । अब पनि बच्छन कि फस्छन् हेर्न बाँकी छ ।



    सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

    प्रबन्ध निर्देशक:

    देवराज चौलागाई

    सम्पादक:

    जेविन सर्वहारा

    लेखा:

    विष्णु फुँयाल

    आईटी:

    प्रज्वल चौलागाईं

    कान्तिपथ मिडिया प्रा. लि.


    सम्पर्क

    ०१-५१४९१६०
    इमेल:kantipath24@gmail.com

    ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

    © कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत