आइतवार, मंसिर २८, २०८२

मेयर दनुवारविरुद्ध बालिका बलात्कारको किटानी जाहेरी


कान्तिपथ


काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी दनुवारविरुद्ध जवरजस्ती करणी गरेको किटानी जाहेरी परेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा विहिबार १८ वर्षिय एक बालिकालाई जवरजस्ती करणी गरेको भन्दै जाहेरी दर्ता भएको हो ।

दुधौली नगरपालिकाकै एक होटलमा काम गर्दै आएकी ती बालिकालाई मेयर अधिकारी दनुवारले करणी गरेको जाहेरीमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बालिकाले गत फागुनमा एक शिशु जन्माइ सकेकिछिन् । शिशु जन्मिएपछि मेयरले करणी गरेको घट्ना बाहिरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोबिन्दराज काफ्लेले भने, “हामीले घटनाको प्रारम्भिक अनुसन्धान थालेका छौं । पीडितको स्वास्थ्य तथा सूरक्षा प्राथमिकतामा राखिएको छ ।”

प्रहरीले मेडिकल रिपोर्ट, डीएनए परीक्षण लगायतका प्रमाण संकलनको प्रक्रिया अघि बढाइएको ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत