आइतवार, कार्तिक २३, २०८२

लेवान्डोवस्की स्पेनिस कोपा डेल रे फाइनल खेल खेल्न नपाउने


कान्तिपथ


काठमाडौं । बार्सिलोनाका पोलिस फरवार्ड रोबर्ट लेवान्डोवस्की खेल खेल्नबाट बञ्चित हुने भएका छन् ।

आज रियाल मड्रिडविरुद्धको स्पेनिस कोपा डेल रे फाइनल खेल खेल्न उनले नपाउने भएका हुन् ।

स्पेनिस ला लिगा अन्तर्गत गत साता सेल्टा भिगोविरुद्धको खेलमा लेवान्डोवस्की घाइते भएका थिए । उनको मांसपेशीमा चोट लागेको जनाइएको छ ।

चोटका कारण लेवान्डोवस्कीले बुधबार पनि मायोर्काविरुद्धको खेल गुमाउनु परेको थियो । यसैगरी, रक्षक अलेजान्द्रो बाल्डले पनि चोटका कारण यो खेल गुमाउने भएका छन् ।

बार्सिलोना र रियालबीचको फाइनल शनिबार सेभियामा हुँदैछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत