आइतवार, कार्तिक ३०, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • प्रहरीसँग झडप भए पछि शिक्षक महासंघले बाेलायाे आकस्मिक बैठक

प्रहरीसँग झडप भए पछि शिक्षक महासंघले बाेलायाे आकस्मिक बैठक


कान्तिपथ


काठमाडौं । नयाँ बानेश्वरमा आज प्रहरीसँग भएको झडपमा केही शिक्षक घाइते भए पछि नपाल शिक्षक महासंघले आकस्मिक बैठक बोलाएको छ । 

बिगत चैत २० देखी जारी रहेको शान्तिपुर्ण काठमाडौं केन्द्रित सडक आन्दोलनको २६औँ दिन प्रहरीसँग झडप भए पछि महासंघले आकस्मिक बैठक बोलाएको हो ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार आज दिउँसो ३ बजे बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा बस्ने गरी बैठक बोलाइएको छ ।

निषेधित क्षेत्र तोडन खोजे पछि आज पहिलो पटक शिक्षक र प्रहरी बिच नयाँ बानेश्वरमा झडप भएको हो । सो क्रममा प्रहरीले शिक्षकहरू माथी पानीको फोहोरा प्रहार गरे पछि प्रदर्शनले उग्र रूप लिएको हो ।

सो क्रममा प्रहरीले अहिलेसम्म एकजना शिक्षकलाइ पक्राउ गरेको जानकारी दिएको छ भने दर्जनौं शिक्षक घाइते भएका छन् ।   



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत