मङ्लबार, बैशाख ३०, २०८२
  • गृहपृष्‍ठ
  • खेलकुद
  • बागमती प्रदेशस्तरीय पावर लिफ्टिङ प्रतियोगितामा आरओसी फिटनेसका सुजित सर्वोत्कृष्ट

बागमती प्रदेशस्तरीय पावर लिफ्टिङ प्रतियोगितामा आरओसी फिटनेसका सुजित सर्वोत्कृष्ट


कान्तिपथ


ललितपुर जिल्ला पावर लिफ्टिङ संघको आयोजना तथा नेपाल पावर लिफ्टिङ संघको सहकार्यमा काठमाडौंमा बागमती प्रदेश स्तरीय पावर लिफ्टिङ प्रतियोगिता सम्पन्न भएको छ । आयोजकका अनुसार, राजधानीस्थित दशरथ रंगशालाको कभर्ड हलमा प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा वाग्मती प्रदेशमा दर्ता भएका संघ मात्रै सहभागी भएका र ती संघबाट मात्रै नेपालभरिका खेलाडीहरूले खेल्न पाउने आयोजकले जनाएको छ । यो प्रतियोगिताबाट अगस्टमा काठमाडौंमै हुने एसियन पावर लिफ्टिङ प्रतियोगितालाई खेलाडी छनोट गरिने छ ।

प्रतियोगितामा कुल १३ विधामा प्रतिस्पर्धा भएको छ । प्रतियोगितामा पुरुष, महिला र उमेर समूह गरी तीन विधाअन्तर्गत विभिन्न व्यक्तिगत प्रतिस्पर्धा सम्पन्न भएको हो । जसमा पुरुषतर्फ ५९, ६६, ७४, ८३ भन्दा मुनि र ८३ भन्दामाथिको तौल समूहमा प्रतिस्पर्धा भयो भने महिलातर्फ पनि ५७, ६३, ६९ भन्दामुनि र ६९ भन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा भएको छ । र, उमेर समूहतर्फ मास्टर वर्गमा पुरुषतर्फ ५० वर्ष भन्दामाथि, महिलातर्फ ४० वर्ष माथि, सब जुनियरमा पुरुषतर्फ १८ वर्षभन्दा कम र जुनियरतर्फ पुरुषमा २३ वर्ष कम उमेरका पावर लिफटरहरूले प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगिताको प्रत्येक तौल वर्गका पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गरेका छन् । त्यसैगरी, हरेक उमेर समूहमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपैयाँसहित ट्रफी, मेडल र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरे ।

पुरुषतर्फ आरओसी फिटनेस क्लबका सुजित अवालेले ७४२.५ किलोग्राम लिफ्ट गर्दै ९३.९३ जिएल स्कोर प्राप्त गरी ओभरअल विजेता बने । सुजितले स्क्वाटमा ३०० केजी, बेन्च प्रेसमा १५२.५ केजी र डेडलिफ्टमा २९० केजी उचालेका थिए । उनले पहिलेको आफ्नै २९० केजीको रेकर्ड तोड्दै विजेता बनेको आरओसी फिटनेसका संचालक पुर्व राष्ट्रिय खेलाडी तथा हालका जिम ट्रेनर सुजन श्रेष्ठले बताए। आरओसी फिटनेसको सुरुवात तिनकुनेबाट भएको थियो, हाल जडिबुटीको नरेफाँटमा पनि ६०० क्षमताको हलमा जिम, कार्डियो, जुम्बा, किक बक्सिङ लगायात सौना स्टिम संचालनमा आएको छ।

प्रतियोगितामा देशभरिका प्रतिष्ठित फिटनेस क्लबहरू आरओसी फिटनेस, लायन्स जिम, अग्नी पिटनेस, प्याराडाइज फिटनेस सेन्टर, स्विट एण्ड साइन, जिम गो फिट लगायतको सहभागिता रहेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत