कोटेश्वर । प्रहरी सेवा एउटा निरन्तर यात्राजस्तै हो, कहिल्यै स्थिर नहुने, सधैं अग्रसर रहने। यही यात्राको क्रममा आज इलाका प्रहरी कार्यालय कोटेश्वरमा एउटा स्मरणीय क्षण बन्यो, जहाँ एकजना कर्मशील अधिकृतको बिदाइ र अर्को एकजना नयाँ अधिकृतको स्वागत गरियो।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्साल, काठमाडौंको मिति २०८२।०१।१० को पत्र (चलानी नं. ६४४९० अनुसार, इलाका प्रहरी कार्यालय सुगरखालचुवा कटासे लम्की, कैलालीबाट सरुवा भई आउनु भएका प्रहरी निरीक्षक यज्ञ राज भट्टलाई स्वागत गरेकाे छ । र, यसै कार्यालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा, टंगाल काठमाडौंमा सरुवा भएका प्रहरी निरीक्षक दल कुमार राईको बिदाइ कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रममा प्रहरी निरीक्षक भट्टले प्रहरी निरीक्षक राईलाई मायाको चिनो प्रदान गर्दै बिदाइ गरे।
प्रहरी निरीक्षक राईले करिब एक वर्षको कार्यकाल अवधिभर यहाँ बिताएका दिनहरूको स्मरण गर्दै भने,
“कोटेश्वर प्रभाग मेरा लागि एउटा परिवार जस्तै बन्यो। यहाँको साथ, सहयोग र सम्मानलाई जीवनभर सम्झिरहनेछु।”
उक्त कार्यक्रममा सहभागी सम्पूर्ण प्रहरी अधिकृत, जवान तथा कार्यालय स्टाफहरू भावनात्मक रूपमा सहभागी भए। एउटाले बिदाइको नमिठो पीडा बोक्दै अर्कोले नयाँ यात्राको स्वागत गर्दै कार्यक्रमलाई आत्मीय र स्मरणीय बनाए।
कार्यक्रमको समापन “फेरी भेटौंला” भन्ने आशावादी भावनासँगै गरियो।
प्रहरी पेशाको यो सुन्दर परम्परा, बिदाइमा पीडा र स्वागतमा आशा बोकेको,फेरी भेट्ने विश्वासका साथ उक्त कार्यक्रम सम्पन्न भयो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ