सिरहा । जनता समाजवादी पार्टी (जसपा) की केन्द्रीय सदस्य डा. बबीसिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडियो यतिबेला सामाजिक संजालमा भाइरल बनेको छ ।
विभिन्न व्यक्ति तथा फेसबुक पेजमा भिडियो शेयर भइरहेको छ । भिडियो शेयर गर्ने अधिकांशले हतियारको वैधताबारे प्रश्न उठाएका छन् ।
भाइरल भइरहेको भिडियो हेर्दा एक पारिवारिक जस्तो लाग्ने जमघटमा डा. यादवले नाच्दै हवाई फायर गरेको देखिन्छ।
भिडिओ भाइरल भएपछि जसपा नेतृ डा. सिंह यादवले खेलौना बन्दुक भएको स्पष्टीकरण दिएकी छन् ।
एक विवाह समारोहमा आफूले रेन्जर टोई नामक खेलौनाले गरेको फायरलाई अतिरञ्जित बनाइएको उनको भनाई छ ।
उनले आफ्नो फेसबुकमार्फत भनेकी छन्, ‘केहि समय यता सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियो प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
एक वैवाहिक समारोहकाबीच मैले रेन्जर टोइ नामक खेलौनाले गरेको फायरलाई अतिरञ्जित नबनाई दिनहुन यहाँ सम्पूर्णमा अनुरोध एवं आग्रह गर्दछु ।
उनले भिडियो नितान्त मनोरञ्जनात्मक मात्रै भएको बताएकी छन् ।
डान्स गर्दै पड्काएको पेस्तोल नक्कली रहेको दावी गरेपनि जसपा नेपालकी नेतृ डा. बबी सिंह यादवमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ।
उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले बोलाएको हो ।
पेस्तोल नक्कली नै रहेको कुरा अहिले भन्न नसकिने प्रहरीको भनाई रहेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ