आइतवार, फाल्गुन ३, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • जसपा नेतृ बबी सिंह यादवद्वारा नाच्दै हवाई फायर, पेस्तोल सर्लाहीबाट बरामद

जसपा नेतृ बबी सिंह यादवद्वारा नाच्दै हवाई फायर, पेस्तोल सर्लाहीबाट बरामद


गणेश विक


काठमाडौं । जसपा नेतृ डा. बबीसिंह यादवले नाचदै हवाई फायर गरेको पेस्तोल सर्लाही प्रहरीले बरामद गरेकाे छ ।

एक समारोहमा नेता यादब नाच्दै पेस्तोल फायर भिडियो समाजिक संजालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले भने यस विषयमा नेता यादवसँग बयान लिइरहेकाे छ ।

भिडिओ भाइरल भएपछि जसपा नेतृ डा. सिंह यादवले खेलौना बन्दुक भएको स्पष्टीकरण दिएकी छन् ।

एक विवाह समारोहमा आफूले रेन्जर टोई नामक खेलौनाले गरेको फायरलाई अतिरञ्जित बनाइएको उनको भनाई छ ।
उनले आफ्नो फेस बुक मार्फत भनेकी छन्, भारतको सीमावर्ती सहर सीतामढीमा मेरो मामाकी छोरी (बहिनी) को वैवाहिक समारोहमा स्थानीय चलनअनुसार आफन्तको निजी निवासस्थित आँगनमा आफ्ना भाइबहिनीको आग्रहलाई स्वीकार गरी नृत्य गर्दा मैले ‘रेन्जर टोय’ नामक खेलौनाले गरेको फायरलाई अतिरञ्जित नबनाइदिनुहुन यहाँहरु सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछु ।

उनले परिवारका सदस्यसँग रमाइलो गर्दा खिचिएको भिडियोलाई सन्दर्भ र अनुमतिबिना सामाजिक सञ्जालबाट फैलाइएको बताएकी छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी ढकेन्द्र खतिवडाले सामाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियोका विषयमा अनुसन्धान थालिएको बताए ।

उनका अनुसार ‘पेस्तोल जस्तो देखिने एउटा उपकरण सर्लाहीबाट बरामद भएको छ ।

 अब यस घटनाबारे थप अनुसन्धान भने सर्लाहीबाट हुनेछ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले भिडियोमा देखिएको भनिएको ‘पेस्तोल’ केहीबेरअघि मलंगवा नगरपालिका-२ स्थित एक घरबाट बरामद गरेर मुचुल्का उठाउने काम भइरहेको बताएका छ्न। 

उनका अनुसार ‘कोमल सुप्रियाको गत ११ गते भएको हल्दी कार्यक्रममा उक्त पेस्तोल पड्काएको भन्ने विवरण आएको छ ।

यो पेस्तोललाई थप जाँचका लागि विधि विज्ञान प्रयोगशाला पठाउने बताएका छ्न।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत