काठमाडौँ । जनपद प्रहरी समूहतर्फका ७७ जना नयाँ प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको पदस्थापन गरिएको छ।
शुक्रबार एकैपटक उनीहरूको पदस्थापन गरिँदा विभिन्न जिल्लाका प्रहरी कार्यालयहरूमा नयाँ नेतृत्व पुगेको छ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार नयाँ निरीक्षकहरूलाई कार्यक्षमताको आधारमा देशका विभिन्न स्थानमा जिम्मेवारी दिइएको हो।
पदस्थापनसँगै उनीहरू अब सम्बन्धित जिल्लामा कानुनको पालना, शान्ति सुरक्षा तथा आपराधिक गतिविधिको नियन्त्रणमा सक्रिय रूपमा लाग्ने छन्।
यसअघिको सरुवापछि रिक्त रहेका थुप्रै स्थानहरूमा नयाँ निरीक्षकहरूले काम प्रारम्भ गर्नेछन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ