सोमवार, कार्तिक २४, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • नेपाल प्रहरीमा ठूलो फेरबदल : ६ प्रदेशका प्रमुख डीआईजी सरुवा (सूचिसहित)

नेपाल प्रहरीमा ठूलो फेरबदल : ६ प्रदेशका प्रमुख डीआईजी सरुवा (सूचिसहित)


गणेश विक


काठमाडौं। नेपाल प्रहरी संगठनमा उच्च तहको सरुवाले गति लिएको छ।

आइतबार गृहमन्त्रालयमा बसेको गृहमन्त्रीस्तरीय बैठकले ७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा गर्दै प्रदेश प्रहरी प्रमुखमा नयाँ जिम्मेवारी दिएको हाे।

प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागका अनुसार, कोशी प्रदेशको प्रहरी प्रमुखमा डीआईजी ईश्वर कार्कीलाई खटाइएको छ।

मधेश प्रदेशमा डीआईजी उमा प्रसाद चतुर्वेदी, बागमती प्रदेशमा डीआईजी अरुण पौडेल, गण्डकी प्रदेशमा डीआईजी दिनेश कुमार आचार्य, लुम्बिनी प्रदेशमा डीआईजी राजेन्द्र प्रसाद भट्ट र सुदूरपश्चिम प्रदेशमा डीआईजी डम्बर बहादुर विकलाई सरुवा गरिएको हो।

सरुवा गरिएका डीआईजीहरूलाई तत्काल कार्यभार सम्हाल्न निर्देशन दिइएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत