बिहिबार, जेष्ठ ८, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • काठमाडौं प्रहरीद्वारा करिब १ करोड हुण्डी रकमसहित ४ जना पक्राउ

काठमाडौं प्रहरीद्वारा करिब १ करोड हुण्डी रकमसहित ४ जना पक्राउ


गणेश विक


काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित पशुपति भिजन अगाडिको सडकबाट स्रोत नखुलेको ठूलो रकमसहित चार जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी एसपी अपीलराज बोहराका अनुसार, दुई वटा मोटरसाइकलमा सवार ४ जनालाई शंकास्पद अवस्थामा देखेपछि प्रहरीले जाँच गर्दा उनीहरूका साथबाट ९५ लाख १७ हजार ५ सय रुपैयाँ नगद फेला परेको हो।

पक्राउ परेका व्यक्तिहरूमा काठमाडौं तार्केश्वर नगरपालिका–३ फेदी घर भएका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङ दोदी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ, र सोही गाउँपालिका–३ का ३९ वर्षीय सन्तोष घिमिरे छन्।

प्रहरीका अनुसार उक्त रकमको स्रोत खुलेको छैन र हाल उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।

एसपी बोहरा भन्छन्, उनीहरू शंकास्पद अवस्थामा रहेका कारण चेकजाँच गर्दा झोलामा लुकाइएको नगद फेला परेको हो।

एसएसपी बिश्व अधिकारीले काठमाडौं प्रहरी प्रमुखको कमाण्ड समाले यता गैरकानुनी काम गर्ने धेरै गिरोह अनुसन्धानको दायरामा आएका छन्।

प्रहरीले यस बिषयमा अनुसन्धान गरि रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत