बिहिबार, माघ १, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • सुधार केन्द्र कि यातना गृह ? रौतहटमा किशोरलाई कुटपिट गर्दै गरेको भिडियो भाइरल

सुधार केन्द्र कि यातना गृह ? रौतहटमा किशोरलाई कुटपिट गर्दै गरेको भिडियो भाइरल


गणेश विक


रौतहट । रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रले भर्ती भएका व्यक्तिहरूलाई शारीरिक यातना दिएको दृश्य बाहिरिएको छ ।

https://www.facebook.com/kantipathnews/videos/1446103949707053

करिब चौकदेखि पश्चिमपट्टि रहेको यो सुधार केन्द्रमा अमानविय तरिकाले शारीरिक यातना दिएको दृश्य सार्वजनिक भएको हो ।

सामाजिक सन्जालमार्फत सार्वजनिक भएको दृश्यमा एक युवकलाई यातना दिएर पिटेको देखिन्छ ।

यस्तो अमानवीय व्यवहार गर्ने अधिकार कसले दिएको भन्दै घटनाको आलोचना भइरहेकेा छ ।

साथै कानुनी कारबाही अगाडि बढाउन पनि आग्रह गरेका छन् ।

सुधार केन्द्रको गौर नगरपालिका नगरप्रमुख शम्भु साहले उद्घाटन गरेका थिए, त्यहाँ भर्ती भएका व्यक्तिहरूलाई यातना दिइएको दृश्यले सामाजिक सन्जालमा चर्को आलोचना भइरहेको हाे ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले घटनाको यथार्थ विषयमा आवश्यक अनुसन्धान भइरहेको बताए ।

घटना भए/नभएको बुझेपछि मात्र थाहा हुने भन्दै यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको उनले उल्लेख गरेका छन् ।

आफूले पनि सामाजिक सन्जालमा नै देखेकाले वास्तविकता के हो ? अनुसन्धान गरेपछि थाहा हुने उनले जानकारी दिए ।

यस घटनालाई जिल्ला प्रहरी कार्यालय रौतहट गम्भीर रूपमा लिँदै अनुसन्धान थालेको छ।

घटनापछि सुधार केन्द्रका सञ्चालकलाई अहिले जिल्ला प्रहरी कार्यालय गौरमा बोलाएर अनुसन्धान गर्ने काम भइरहेको रौतहट प्रहरीको प्रवक्ता एवं जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपक कुमार रायले जानकारी दिए।

अनुसन्धानपछि भिडिओको वास्तविकता पत्ता लाग्ने र त्यसपछि कारबाही प्रक्रिया अघि बढ्ने प्रहरी नायव उपरीक्षक रायले बताए।

उनले घटनाबारे अहिले वास्तविकता बुझिरहेको र अनुसन्धान भएपछि मात्र कसले र किन ती व्यक्तिलाई कुटेको हो भनी कुरा खुल्ने बताए।

सुधार केन्द्रमा भर्ती भएका किशोरलाई निर्मम तरिकाले कुटपिट गर्ने तथा चरम यातना दिने व्यक्तिहरूलाई कडा कार्यवाही गरिने बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत