सोमवार, बैशाख २८, २०८३

बैङ्किङ कसुर मुद्दामा फरार २ जना प्रतिवादी पक्राउ


कान्तिपथ


बैङ्किङ कसुर मुद्दामा लामो समयदेखि फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१८ निवासी ५३ वर्षीय विरबहादुर देउवा र उपमहानगरपालिका–३ निवासी ३९ वर्षीय रामबहादुर साउँद रहेका छन्।

जिल्ला अदालत कैलालीबाट देउवालाई ८ लाख ९७ हजार रुपैयाँ जरिवाना र ३ महिनाको कैद सजाय तोकिएको थियो।

अदालतको फैसला कार्यान्वयन गर्न जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समूह सक्रिय रहेको थियो।

सोही समूहले प्रहरी नायब निरीक्षक गजेन्द्र बहादुर चन्दको नेतृत्वमा विशेष अपरेसन गर्दै देउवालाई नियन्त्रणमा लिएको हो।

त्यस्तै, अर्का प्रतिवादी रामबहादुर साउँदलाई इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जोशीले जानकारी दिएका छन्।

प्रहरीका अनुसार, दुवै जना बैङ्किङ कसुर मुद्दामा संलग्न भई अदालतबाट सजाय तोकिएपछि फरार थिए।

उनीहरूलाई लामो समयदेखि प्रहरीले खोजी गरिँदै आएको थियो।

पक्राउपश्चात् दुवै जनालाई कानुनी प्रक्रिया अनुसार जिल्ला अदालतमा पेश गरी कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत