शनिबार, मंसिर २०, २०८२

अवैध लागूऔषधसहित २ जना पक्राउ


कान्तिपथ


काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित इलाम, इलाम नगरपालिका-६ बस्ने २४ वर्षीय विवेक गुरूङलाई  प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले मोरङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख १३६४ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी सर्लाही, हरिवन नगरपालिका-४ पटौनास्थित सडकबाट अवैध लागूऔषध गाँजा १५ किलो २ सय ३ ग्राम सहित सिन्धुली हरिहरपुर गाउँपालिका-७ बस्ने २१ वर्षीय सविन बललाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले सिन्धुलीबाट हरिवनतर्फ आउँदै गरेको प्रदेश.३-०२-०१० प ८२९३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत