काठमाडाैं । बालबालिकाको लागि घर पछिको दोस्रो घर विद्यालय हो । शिक्षक र कर्मचारी दोस्रो परिवारका सदस्य । घरपछि कसैले आफूलाई सुरक्षित, माया गर्ने र बुझ्ने स्थान ठान्छ भने, त्यो विद्यालय नै हो।
विद्यालय भनेको केवल ज्ञान प्राप्त गर्ने थलो मात्र होइन, यो त चरित्र निर्माणको बगैंचा हो, जहाँ नानीहरू संस्कार, अनुशासन र आत्मविश्वास सिक्दै बढ्छन्।
शिक्षकहरू त ती gardeners हुन, जो प्रत्येक विद्यार्थीको प्रतिभा चिनेर तिनलाई उचित सिँचाइ, सूर्यको किरण र स्नेह दिई फुलाउने प्रयत्न गर्छन्।
विद्यालयको हरेक भित्तामा अनुभव लुकेको हुन्छ, हरेक कोठामा आशा पलाएको हुन्छ, र हरेक घण्टीसँग नयाँ सुरुवातको सन्देश हुन्छ।
यहाँ नानीहरू हाँस्न, सिक्न, गल्ती गर्न र सुधार्न पाउँछन् । जस्तो परिवारमा हुन्छ, ठीक त्यस्तै।
विद्यालयलाई केवल शिक्षाको केन्द्र होइन, प्रेम, प्रेरणा र भविष्य निर्माणको पवित्र थलो मानेर हेर्नुपर्छ। तर त्यहि विद्यालयमा यौन दुव्र्यहारको सिकार हुन पर्यो भने के हुन्छ ? त्यस्तै भएको काठमाडौँ शान्तिनगरस्थित बेबीलोन न्यासनल स्कुलमा ।
स्कुलका सञ्चालक टिकाप्रसाद सुवेदीले वर्षौदेखि बालिकाहरुलाई यौन दुव्र्यहार गरेको भन्दै प्रहरी वृत्त नयाँ बानेश्वरमा उजुरी परेको छ ।
पिडित ‘बानेश्वर २६६४’ ले आफूलाई सरले वर्षौ देखि यौन दुव्र्यहार गरेको भन्दै उजुरी दिएकी हुन् ।
यतिबेला सुवेदी प्रहरी वृत्त नयाँ बानेश्वरकाे प्रहरी हिरासतमा छन् ।
पीडितको परिवारलाई विद्यालय प्रशासनले मेलमिलाप गर्न र उजुरी फिर्ता गराउन दबाब दिएको छ ।
सुरुमा विद्यार्थीलाई रेष्टिकेट गर्ने धम्की दिदै आएको स्कुल यतिबेला मेलमिलाप गरी सञ्चालक सुवेदी र स्कूलको इज्जत जोगाउन मेलमिलाप गर भनेर अनुनय-विनय गरिरहेको पीडित पक्षले बताए।
तर पिडित परिवार स्कुलमा भएको यस्ताे अपराधमा मेलमिलाप नगर्ने अडानमा छ ।
पहिले देखि धेरै बालिकाहरुलाई यौन दुव्र्यहार गर्दै आएको पाइएको छ । ‘बानेश्वर २६६४’ ले उजुरी दिएपछि पासआउट विद्यार्थीहरुले सरले आफूलाई पनि दुव्र्यहार गरेको मेसेज गरेका छन् ।
सुवेदी को हुन् ? कहिलेदेखि दुव्र्यहार गर्दै आए ? किन मुद्धा फिर्ता लिन दबाब दिउका छन् ? लगायतका विषयमा पिडित, उनको साथी र अभिभावसँग गरिएको कुराकानीको अशं ।
‘बानेश्वर २६६४’ : पिडित विद्यार्थी
म कक्षा ३ देखि यो स्कुलमा पढ्दै आएको हो । मलाई कक्षा ७ मा पढ्दादेखि टिकाप्रसाद सुवेदी सरले व्याड टच गर्न थाल्नुभएको हो । सुवेदी सर स्कुलको सञ्चालक हुनुहुन्छ । सुरुमा मायाले छुनुभएको होला भन्ने लाग्यो । व्याड टच हो वा गुड टच हो भनेर छुट्याउन गाह्रो भयो ।तर जब कक्षा ८ मा पुगे । उहाँको त्यो किसिमको छुवाई रोकिएन ।
स्कुलको बसबाट झर्ने बेला, कुनै कार्यक्रम भएको बेला जहाँ भिडभाड हुन्छ । त्यस्तो समयमा छुने । सीसी क्योमरा नभएको ठाउँ हेरेर दुव्र्यहार गर्ने । हात देउ भनेर हात समाउने र त्यहि हात आफ्नो शरिरको संवेदशील ठाउँमा लगेर राख्ने गर्ने ।

आफ्नै हात विद्यार्थीको संवेदनशील ठाउँहरुमा कुनै निसंकोच छुने गर्ने । कर्मचारी क्याविनमा कपी कलेक्सनको बहाना बोलाएर त्यस्तै दुव्र्यहार गर्ने ।
सञ्चालक स्कुलमा आइराख्नुपर्ने कुनै कारण छैन । विद्यार्थीहरुसँग घुलमिल गर्नुपर्ने कारण छैन । तर व्याड टच गर्ने बानी लागेकाले शिक्षक र कर्मचारी सरह दिनहुँ स्कुल आउने गर्नुहुन्छ । एक्सनको रुपमा आखाँ तर्दिएको थिए । तर पनि कुनै चेत आएन ।
म भन्दा बाहेक त्यहाँबाट एससीईई पास गरेर गएका धेरै दिदीहरुलाई पनि सरले दुव्र्यहार गर्नुभएको रहेछ । तर उहाँको विरुद्धमा बोल्ने कसैको हिम्मत रहेनछ । म बाथरुममा गएर एक्लै रोएर बस्थे । कसैलाई भन्न नसकेपनि मैले आफ्नो पिडाहरु डायरीमा लेखेर राखेको थिए । ममीले डायरी भेटाउनुभएछ । त्यसपछि मैले सबै कुरा ममीलाई भने । ममीले प्रिन्सिपल सरलाई गएर एक्सन लिन भन्नुभयो । तर त्यहाँ कुनै कारवाही भएन ।
अर्को पुर्ण पंगेनी सर जो स्कुलको कोर्डिनेटर हुनुहुन्छ । उहाँले टिका सरलाई सधै संरक्षण गर्नुभएको छ । पुर्ण सरले व्याड टच नगरेपनि विद्यार्थीमाथि विशेष छात्रामाथिको दृष्टिकोण सहि छैन । त्यसकारण टिका सरलाई संरक्षण गर्दै आउनुभएको छ । टिका सरसँग दुश्मनी लिनुभन्दा निकटता बढाउनुपर्छ भनेर उहाँले भन्नुभयो ।
टिका सरको श्रीमती जानुका सुवेदी स्कुलमै लाइबेरियन हो । उहाँलाई पनि सुनाएको हो । तर उहाँले उल्टो हामीलाई गाली गर्नुभयो । अभिभावकको अगाडी भने मलाई केही थाहा छैन भनेर गैरजिम्मेवार जवाफ दिनुभयो । श्रीमान्लाई गाली गर्नुपर्ने ठाउँमा विद्यार्थी झपारेर बस्नुहुन्छ ।
अनुहार हेर्दा असाध्यै जेन्टल देखिने । प्रहरीले साइलेन्ट किलर टाइपको भनेर भन्नुभयो । पहिले दिदीहरुलाई पनि गरेको थाहा थिएन । ९ कक्षामा हुदाँ देखि अरुलाई पनि दुव्र्यहार गरेको थाहा पाए । उजुरी दिन जादाँ उसले आधा भन्दा धेरै शिक्षक आफ्नो पक्षमा लिएर आएको थियो ।
होस्टलमा बस्ने विद्यार्थीलाई बेल्टले र पाइपले पिट्ने गरेका छन् । अहिले होस्टल पनि हटाएका छन् । पुर्ण सर नै होस्टलको वार्डेन थियो ।
काेपिला राईं (नाम परिवर्तित) पिडित बेवीलोन स्कुलमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी हुँ ।
मैले कक्षा एक देखि पढ्दै आएको हो । अहिले १४ वर्षको भए । मेरो साथीलाई जस्तै टिका सुवेदी सरले मलाई पनि यौन दुव्र्यहार गर्दै आउनुभएको छ । जबरजस्ति अंगालो हाल्ने र कम्मरमा समाउदै जतापनि हात पुर्याउने गर्नुहुन्थ्यो ।
वैशाख १९ गतेमा स्कुल सकिएर घर फर्किने बेला बोलाउनुभयो । स्कुलको साइडमा बोलाएर अनायासै कम्मरमा हात राख्नुभयो । त्यति नै बेला मनोज सर आउनुभएपछि छोड्नुभयो । घर परिवारमा भन्न सकेको थिइन् । दाइहरु मात्रै हुनुहुन्छ घरमा । त्यस्तो कुरा भन्न डर लाग्यो ।
शुक्रबार मुद्धा दर्ताभएपछि समाचार पनि आयो । तर केही मिडिया र केही पत्रकारले समाचारलाई ताेडमाेड गरेर प्रकाशित समेत गरे ।
टिका सर देखेपछि मुटुको धडकन जोडजोडले धड्किन सुरु हुन्छ । फेन्ट हुन्छु जस्तो लाग्छ । पहिलेको कोर्डिनेटर भएको भए ढुक्क हुन्थ्यो । तर नयाँ कार्डिनेटरले रिस भयो कि प्राक्टिकल र लिखित दुर्व परिक्षामा नम्बर कटौती गर्दिने । गणित विषयको परिक्षा पेपर ने गायब गरेर हरायो भनिदिए । त्यो हदसम्मको लापरवाही गर्दिने ।
अपराध विरुद्ध बोल्ने शिक्षकको बर्हिगमन
‘बानेश्वर २६६४’ को सपोर्टमा बोल्ने दुई जना शिक्षकलाई स्कुलबाट निकालिएका छन् ।
शुक्रबार हामीले उजुरी दियौ । अरु अभिभावकहरु गएर विद्यालयको अवस्थाको बारेमा सोधिरहेका छन् । धेरै विद्यार्थी पढ्न आउन सकेका छैनन् । पुर्ण सरले अभिभावक तेरो विरुद्ध लगाइदिन्छु भनेर धम्की दिएका छन् । कक्षा सञ्चालन भइरहेको छ । तर हामी गएका छैनौ । डर लागेर गएका छौनौ ।
टिका सरलाई प्रहरीले थुनेपछि सुरुमा स्कुलबाट टर्मिनेट गर्दिने धम्की दिए । मुद्धा फिर्ता लिन भने । विदेशमा हुनुभएको हजुर वुबवाआमा र मामासँग सल्लाह गर्दा नानीको पढाइ बिग्रन्छ भनेर एक पटकलाई छोड्दिने भन्ने पनि आयो ।
एसईई दिने बेला भएको नातिनीको पढाइ बिग्रन्छ । नयाँ स्कुलले भर्ना लिएन भने के हुन्छ ? लगायतका प्रश्नले घेरिएपछि मुद्धा फिर्ता दिने निर्णय भयो ।
तर प्रहरीले यस्तो जघन्य अपराधमा मुद्धा फिर्ता हुँदैन भन्यो । टर्मिनेट गर्न नपाइने नियम रहेछ । त्यसपछि बल्ल हामीलाई हिम्मत आयो । छोरी टर्मिनेट हुने हो कि भन्ने डरले मेलमिलाप गर्नेतिर पनि सोच आयो । मेलमिलाप गर्दा छात्रावृत्तिको प्रलोभन देखाएका छन् । टिका सरको बदनाम नगर्न भनेर दबाब दिएका छन् ।
‘हाउ टु डाइ इजिली’ सर्च गरेको देखे ल्यापटपमा : अभिभावक
प्राण भन्दा प्यारो ठानेर हुर्काएको १४ वर्षको छोरीले ल्यापटपमा ‘हाउ टु डाइ इलिजी’ सर्च गरेको भेट्टाउदाँ कस्तो भयो होला ? एउटा आमाको मन कसरी थामिन्छ, त्यस्तो देखेर । स्कुलमा भएको दुव्र्यहार सहन गर्न गाह्रो भएर छोरीले त्यहाँसम्म सोच्न भ्याइसकेकी रहिछन् । समयमै देखेर बुझ्न पाए । बुझ्न नपाएको भए के हुन्थ्यो । जब मैले सोधे, उनले रुँदै स्कुलमा भएको दुव्र्यहार सुनाइन् ।
छोरी दुव्र्यहारमा परेको सुन्दासुन्दै पनि घटना चुपचाप राख्ने धेरै अभिभावकहरू धेरै छन् हाम्राे देश नेपालमा।
चुपचाप राखेकै कारणले अपराधीलाई प्रेरणा मिलेको हो । म त्यसो गर्न सक्दिन । मेरो छोरी भन्दा सिनियर विद्यार्थीहरुलाई दुव्र्यहार गर्दै आएको रहेछ । तर उनीहरुले एक्सन लिन नसक्दा मेरो छोरी लगायत अरु विद्यार्थी हिंसा भोग्न बाध्य भए । अब अरु छोरीहरुले हिंसा सहन नपरोस् भनेर हिम्मत गरेको हो ।
कक्षा ७ देखि दुव्र्यहार हुँदै आएको हो । छोरीले पहिले पनि सुनाएकी थिइन् । मैले कम्प्लेन गरेपछि प्रिन्सिपल राजु राईले अबदेखि दुव्र्यहार नहुने प्रतिवद्धता जनाएका थिए । त्यसकारण मेलमिलाप गर्यौ । तर त्यसपछि प्रिन्सिपल राईले मेरो छोरीलाई टर्चर दिन थालेछन् । मेरो छोरीलाई धर्तिको बोझ भनेर गाली गर्ने, कापी फाल्दिने लगायत दुव्र्यहार गरेका छन् । उसको वोलीवचनले छोरीलाई ज्वरो आउने ।
अर्को जतिबेला पनि टर्मिनट गर्दिने धम्की दिने रहेछन् । केही शिक्षकहरुले सहयोग गर्नुहुन्थ्यो । तर मेडमहरुले पनि सहयोग गरेको पाइएन । उल्टै मेरो छोरीलाई खराब केटी हो भनेर अन्य विद्यार्थीलाई संगत नगर्न भन्ने। शिक्षिका भनेको त्यस्तो हुन्छ ? शिक्षिका आफ्नो मेडमले त्यस्तो भन्दा बाल मनोविज्ञान के हुन्छ ?
विद्यालय बालबालिकामैत्री हुनुपर्छ भनेको के हो ? त्यति सामान्य कुराको हेक्का शिक्षकहरुले राख्नु पर्छ कि पर्दैन ? बच्चाको लागि राम्रो व्यवहार भएर भनेर अभिभावकले गुनासो गर्ने बित्तिकै भोलीपल्टदेखि यातना दिन सुरु गर्ने हुन्छ ।
जे कुरा पनि घरमा सुनाउने भनेर उल्टै छोरीलाई झपार्न सुरु भयो । स्कुलको अनुशासन विभागमा कम्प्लेन गर्दा पुर्ण पंगेनीले ४ पटकसम्म नाम हटाइदिएको रहेछ । कक्षा १० को विद्यार्थीसँग सञ्चालक, प्रिन्सिपल, कोर्डिनेटर, विभागको कर्मचारी र प्रशासन सबै मिलेर सिध्याउन लाग्ने ।
काउन्सिल डिपार्टमा भन्दा पनि इग्नोर गर्ने । स्कुल ऋणमा रहेछ । त्यसकारण पनि टिकालाई निकाल्न सकेनन् । किनभने उ पैसा हाल्ने मान्छे हो । पहिले धेरै राम्रो स्कुल हो । शान्तिनगरकै सबैभन्दा उत्कृष्ट स्कुल हो । तर भित्रभित्रै दुश्कर्मको बारेमा बल्ल बुझिदैछ ।
बेबीलोन स्कुलमा ८ सय विद्यार्थी अध्ययनरत छन् । यस बिषयमा प्रहरीसंग राय लग्दा अनुसन्धान भइ रहेकाे बताएकाे छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ