तनहुँ । ब्यास नगरपालिका-३ महर्षीटोल बस्ने बुद्धि थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा बुद्धि समेत ८ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ५० रूपैयाँ र २ सय १२ पत्ती तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ