सोमवार, कार्तिक २४, २०८२

सिरहामा लागूऔषधसहित दुई जना पक्राउ


राजेन्द्र महतो


सिरहा । सिरहामा प्रहरीले भारी मात्रामा लागूऔषधसहित दुई जनालाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका-१५ का २१ वर्षीय सन्तोष यादव र लहान-१६ का २२ वर्षीय जितेन्द्र यादव रहेका छन् । 

जिल्लाको लहान नगरपालिका-१७ स्थित बलान खोलाबाट बुधबार प्रहरीले उनीहरूले बोरामा ल्याउँदै गरेको २ सय ४० बोतल र लुकाएर राखेको २ सय १३ गरी ४ सय ४३ बोतल अनरेक्स नामक लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुबै जना र उनीहरूले प्रयोग गरेको म.प्र.०१–००४ प ५९८५ र स ३ प १७२मोटरसाइकल -२ थान र दुई थान मोबाइल पनि नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता तथा डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत