मङ्लबार, बैशाख ३०, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • रेशमलाई नियत राखेर पक्राउ गरिएको होइन, कर्मचारीले बदमासी गरेका हुन्ः गृहमन्त्री

रेशमलाई नियत राखेर पक्राउ गरिएको होइन, कर्मचारीले बदमासी गरेका हुन्ः गृहमन्त्री


कान्तिपथ


काठमाडौं । गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई नियत राखेर पक्राउ नगरिएको बताएका छन ।

चौधरी पक्राउ प्रकरणमा प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदैँ गृहमन्त्री लेखकले यसमा कुनै पुर्वाग्रह नभएको पनि जनाएका छन् ।

‘भविष्यमा यस्ता घटना नदोहोरिनको लागि सबैलाई सचेत र सजग बनाएको छ। यस घटनाले रेशम चौधरीलाई भएको पीडाप्रति दुख व्यक्त गर्न चाहन्छु,’ उनले भने ।

उनका अनुसार  सर्वोच्च अदालतको शाखा अधिकृत महिमानसिंह बिष्टले अनधिकृत पत्र तयार पारेको कारणले चौधरीलाई पक्राउ गरिएको उल्लेख गर्दै सो कार्य गैरकानुनी भएको खुले पछि पुनः छाडिएको बताए । चौधरीलाई पक्राउ पुर्जी जारी गर्ने बिष्टलाई पक्राउ गरेर अनुसन्धान सुरू गरिएको तथ्यले पनि पुर्वाग्रह नभएको उनको प्रस्टोक्ती रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत