आइतवार, बैशाख २७, २०८३
  • गृहपृष्‍ठ
  • सुरक्षा
  • `Man of the World´मा सहभागी हुन लागेका आयुषलाई सशस्त्र प्रहरी महानिरीक्षकद्वारा बिदाई

`Man of the World´मा सहभागी हुन लागेका आयुषलाई सशस्त्र प्रहरी महानिरीक्षकद्वारा बिदाई


गणेश विक


काठमाडौं । फिलिपिन्समा यही मे २३ देखि ३१ तारिखसम्म आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता “Man of the World-2025” मा नेपालको प्रतिनिधित्व गर्न लागेका आयुष दुलाललाई सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले शुक्रबार सशस्त्र प्रहरीको प्रधान कार्यालयमा एक समारोहबीच शुभकामना र बिदाई गरेको छ।

कार्यक्रममा महानिरीक्षक अर्यालले दुलाललाई नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय मञ्चमा उच्च राख्न सफल होऊन् भन्ने शुभेच्छा व्यक्त गर्नुका साथै “Letter of Appreciation” प्रदान गर्दै उनले देखाएको साहस, समर्पण र राष्ट्रप्रेमको प्रशंसा गरेको हाे।

दुलाल यसअघि पनि विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी भइसकेका छन्। अहिलेको प्रतियोगिता ‘Man of the World’ लाई उनले आफ्नो करियरको महत्वपूर्ण मोड मानेका छन्।

बिदाई कार्यक्रममा सशस्त्र प्रहरी बलका उच्च अधिकृतहरू, मिडिया प्रतिनिधिहरू तथा दुलालका समर्थकहरूको उपस्थिति थियो।

कार्यक्रममा दुलालले आफूलाई परेको विश्वासप्रति कृतज्ञता व्यक्त गर्दै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर पाउँदा गौरवको अनुभूति भएको बताए।

उनले भने, “म देशको प्रतिष्ठा बढाउने गरी प्रतियोगितामा सहभागिता जनाउनेछु। तपाईंहरूको विश्वास र साथले मलाई अझ हौसला मिलेको छ।”

“Man of the World” प्रतियोगिता विश्वभरका युवाबीच अनुशासन, सौन्दर्य, सामाजिक उत्तरदायित्व र नेतृत्वदक्षताको आधारमा विजेता चयन गर्ने गरिन्छ।

नेपालले पछिल्ला वर्षहरूमा यस प्रतियोगितामा उपस्थिति जनाउँदै आएको छ, र यसपटक आयुष दुलालबाट पनि अपेक्षा गरिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत