काठमाडौं । “समुदाय–प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत सामुदायिक सेवा तथा विकास समाज एवं सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वर–३२ को आयोजनामा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया, शुभकामना आदान–प्रदान तथा स्वागत तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम सामुदायिक सेवा तथा विकास समाजको सभाहल, कोटेश्वर महादेवस्थानमा आयोजना गरिएको थियो।

कार्यक्रममा समाजका अध्यक्ष रविन्द्र थापाको अध्यक्षतामा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की प्रमुख अतिथि रहेका थिए।

विशिष्ट अतिथिका रूपमा प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख प्र.ना.उ. हरि खतिवडा, प्र.ना.उ. बिरेन्द्र गोदार, प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्र.नि. यज्ञराज भट्ट, प्र.नि. दल कुमार राई, प्रहरी प्रभाग काँडाघारीका प्रमुख राजन थापा, वडा नं. ७ का वडा अध्यक्ष भीमसेन थापा, गान्धी आदर्श मा.वि.का व्यवस्थापक अध्यक्ष गया प्रसाद उपाध्याय, सरस्वती मा.वि. व्यवस्थापन समितिकी अध्यक्ष सिता कडेल पराजुली, विद्यालयका प्रधानाध्यापक पुष्पराज कुँवर, तथा अन्य स्थानीय संघसंस्थाका प्रतिनिधिहरू, विद्यालयका प्रमुखहरू, समाजसेवी र स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


कार्यक्रममा बानेश्वर वृत्तबाट सरुवा भएका डिएसपी बिरेन्द्र गोदार र कोटेश्वर प्रहरी प्रभागबाट सरुवा भएका इन्सपेक्टर दलकुमार राईलाई बिदाइ तथा फेरी भेटौंला भनी सम्मान गरिएको थियो। यस्तै, प्रहरी वृत्त नयाँबानेश्वरको कमाण्ड सम्हालेका डिएसपी हरि खतिवडा र प्रहरी प्रभाग कोटेश्वरको नेतृत्व लिएका इन्सपेक्टर यज्ञराज भट्टलाई स्वागत समेत गरिएको थियो।

कार्यक्रमको सुरुमा समाजकी सचिव सरिता खनालले स्वागत मन्तव्य दिएकी थिइन्।

नागरिक समाजको तर्फबाट कोटदेवी बिद्यानगर समाज सुधार समितिका अध्यक्ष तथा कान्तिपथ डटकमका प्रबन्ध निर्देशक देवराज चौलागाईं र सरस्वती युवा क्लबका अध्यक्ष उत्तम भण्डारीले शुभकामना मन्तव्य व्यक्त गरे।

प्रहरी अधिकारीहरू प्र.ना.उ. बिरेन्द्र गोदार र प्र.नि. दल कुमार राईले शान्ति सुरक्षासम्बन्धी धारणा व्यक्त गरे। त्यस्तै, प्र.ना.उ. हरि खतिवडा र प्र.नि. यज्ञराज भट्टले शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाए।

प्रमुख अतिथि उपेन्द्र कार्कीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगतका हरेक पहललाई सहयोग र सहकार्य गर्दै अघि बढाउने प्रतिबद्धता जनाए। उनले कार्यक्रमको सफलताको शुभकामना दिँदै आफ्नो मन्तव्य पनि व्यक्त गरे।

कार्यक्रमको संचालन महासचिव पदम कुमार रेग्मीले गरेका थिए भने अध्यक्ष रविन्द्र थापाले सबैप्रति आभार व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए।



देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ