सर्लाही । नेपाल पत्रकार महासंघको ‘अन्तर्राष्ट्रिय विभाग प्रमुख’ भएको दाबी गर्दै चन्दन मिश्र नामका एक व्यक्तिले स्थानीय जनप्रतिनिधिहरूलाई धाकधम्की दिँदै रकम असुली गर्ने गरेको खुलासा भएको छ।
https://www.facebook.com/share/v/1Dn5mcjfUj
ध बबसर्लाहीको पर्सा गाउँपालिकाका अध्यक्ष धिरेन्द्र यादवका अनुसार मिश्रले गाउँपालिकाको कार्यकक्षमै पुगेर आफू ‘नेपालकै ठूलो पत्रकार’ भएको भन्दै सिधै अढाई लाख रुपैयाँ माग गरेका थिए।
अध्यक्ष यादवले रकम दिन अस्वीकार गरेपछि मिश्रले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रत्यक्ष प्रसारण (लाइभ) गरेर धम्की दिएका थिए।
उक्त घटनाको भिडियो समेत सार्वजनिक भएको छ। उक्त भिडियो कान्तिपथडटकम संग सुरक्षित छ।
सशस्त्र प्रहरी बलका हवल्दार प्रविण चौधरीले पनि मिश्रको व्यवहारप्रति गुनासो गरेका छन्।
चौधरीका अनुसार मिश्रले आफू पत्रकार भएको भन्दै पटक–पटक गरेर दुई हजार रुपैयाँ ठगिसकेका छन्। उनले थपे, “जहिले पनि कोरेक्स सेवन गरेर सुरक्षाकर्मी र कर्मचारीहरूलाई धम्क्याउँदै पैसा असुल्ने काममा उनी संलग्न देखिन्छन्।”
घटनापछि पर्सा गाउँपालिकाले नेपाल पत्रकार महासंघ सर्लाही शाखालाई औपचारिक जानकारी गराउँदै मिश्रविरुद्ध प्रहरीमा उजुरी दिने तयारी गरेको जनाएको छ।
जिल्लाभर ‘पत्रकार’को नाम दुरुपयोग गर्दै यस्ता गतिविधि बढेपछि सर्लाहीका पत्रकारहरू आक्रोशित बनेका छन्।
उनीहरूले संचार माध्यमको प्रतिष्ठा जोगाउन यस्ता व्यक्तिहरूविरुद्ध सामूहिक रूपमा कारबाहीको माग गरेका छन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ