बिहिबार, जेष्ठ ८, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • समाजवादी प्रेस संगठन नेपाल, उपत्यका प्रदेशकाे अध्यक्षमा रैगाईं निर्वाचित

समाजवादी प्रेस संगठन नेपाल, उपत्यका प्रदेशकाे अध्यक्षमा रैगाईं निर्वाचित


कान्तिपथ


काठमाडौं । समाजवादी प्रेस संगठन नेपाल, उपत्यका प्रदेशको विशेष भेलाबाट नयाँ नेतृत्व चयन गरिएको छ।

काठमाडौंमा सम्पन्न उक्त भेलाले पत्रकार विष्णु रैगाईंलाई अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो।

उपाध्यक्षमा सुसन रामदाम र राधिका (राशी) भट्टराई चयन भएका छन्, भने सचिवमा योगेन्द्र चाैलागाईं निर्वाचित भएका छन्।

त्यस्तै, सह सचिवमा गणेश बिक र दिपा बोहोरा निर्वाचित भएका छन भने, कोषाध्यक्षमा निरोज तोलाङ्गे चयन भएका छन्।

त्यस्तै सदस्यहरुमा टीका रसाइली,डिग बहादुर श्रेष्ठ, राेशन राई, रमेश संग्राैला, पुजा पाैडेल रहेका छन्।

नव-निर्वाचित अध्यक्ष विष्णुले आफ्नो नेतृत्वमा संगठनलाई थप सशक्त, व्यावसायिक र श्रमजीवी पत्रकारहरूको साझा आवाजको रूपमा उभ्याउने प्रतिबद्धता व्यक्त गरे।

समाजवादी प्रेस संगठन पत्रकारहरूको अधिकार, पेशागत मर्यादा र अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आवाज उठाउँदै आएको संगठन हो। नयाँ नेतृत्वको आगमनसँगै संगठनले आगामी दिनहरूमा अझ प्रभावकारी कार्ययोजना अघि बढाउने अपेक्षा गरिएको छ।

यस्तै दस जना पत्रकारहरुले संगठनमा प्रवेश गरेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत