आइतवार, कार्तिक ३०, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • भारतको डटेर सामाना गरेको भन्दै पाकिस्तानी प्रधानमन्त्रीद्दारा यूम ए ताशाकुरको घोषणा

भारतको डटेर सामाना गरेको भन्दै पाकिस्तानी प्रधानमन्त्रीद्दारा यूम ए ताशाकुरको घोषणा


कान्तिपथ


इस्लामबाद । पाकिस्तानी प्रधानमन्त्रीले भारत विरुद्ध सफल सैन्य अपरेशनको सम्झनामा यूम ए ताशाकुर घोषणा गरेका छन् ।

प्रधानमन्त्री शेहबाज सरिफले घोषणा गरेका छन् कि देशले भारतीय आक्रमणको पाकिस्तानको उचित जवाफ र अपरेशन बुन्यान उम मार्सोसको सफलतालाई चिनाउन यूम ए ताशाकुर मनाउने भएको छ ।

प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार भगवानप्रति कृतज्ञता अर्पण गर्न, सशस्त्र सेनाको असाधारण वीरताप्रति श्रद्धाञ्जली अर्पण गर्न र सिङ्गो राष्ट्रको एकताको कदर गर्न यो दिवस मनाइने भएको हो ।

‘अपरेशन बुन्यान–उम–मर्सुसले शत्रुको आक्रामकतालाई प्रभावकारी र उपयुक्त जवाफ दियो,’ प्रधानमन्त्री शेहबाजले भनेका छन्, ‘देशले हरेक मोर्चामा आफ्नो श्रेष्ठता प्रमाणित गरेको छ।’

‘भारतको आक्रामकताको बाबजुद पनि, पाकिस्तानले लचिलोपनका साथ आफ्नो प्रतिरक्षा कायम राख्यो र परिस्थितिसँग जुध्न पूर्ण तत्परता देखायो,’ प्रधानमन्त्री कार्यालयले भनेको छ ।

प्रधानमन्त्री सरिफले राष्ट्र र धार्मिक विद्वानहरूलाई भगवानप्रति कृतज्ञता व्यक्त गर्दै शहीदहरूका लागि विशेष प्रार्थना गर्न आह्वान गर्दै देशभर प्रार्थना गर्न आग्रहसमेत गरेका छन् ।

‘पाकिस्तानी सशस्त्र बलहरूको बलिदानलाई कहिल्यै भुल्न सकिँदैन। राष्ट्र उनीहरूको पक्षमा उभिएको छ,’ प्रधानमन्त्री शहबाजले भने।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत