काठमाडौं । कोटेश्वरमा नयाबानेश्वर प्रहरी वृत्त र प्रहरी प्रभाग कोटेश्वरलाई केन्द्रित गर्दै ‘स्वागत एवं फेरि भेटौंला’ कार्यक्रम सम्पन्न भएको छ।
‘कोटदेवी बिद्यानगर समाज सुधार समिति’ र ‘नरेफाट सेवा समाज’ले आयोजना गरेको कार्यक्रममा हालै नयाबानेश्वर प्रहरी वृत्तबाट सरुवा भएका प्रहरी नायब उपरीक्षक बिरेन्द्र गोदार र प्रहरी प्रभाग कोटेश्वरबाट सरुवा भएका प्रहरी निरीक्षक दलकुमार राईलाई नागरिक अभिनन्दन पत्रसहित सम्मान गरिएको हो।

पूर्व प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पूर्व नायब महान्यायाधिवक्ता सूर्यप्रसाद कोइराला, उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्य, सामाजिक अगुवाहरू सार्किमान बल, पद्म कुमार रेग्मी, नारायण नेपाल, नवराज केसी, जीवन तामाङ, रविन्द्र थापा, दिपक केसी, ईश्वर राउत, नरहरि अधिकारी, बानेश्वर वृत्तका डिएसपी हरि खतिवडा, कोटेश्वर प्रहरी प्रभागका इन्सपेक्टर यज्ञराज भट्टलगायतले मन्तव्य राख्दै प्रहरी नायब उपरीक्षक बिरेन्द्र गोदार र प्रहरी निरीक्षक दलकुमार राईले शान्ति सुरक्षामा पुर्याएको योगदानको खुलेर प्रशंसा गरेका थिए।
कार्यक्रममा विभिन्न संघ–संस्थाका अगुवा तथा स्थानीयवासीहरूको बाक्लो उपस्थिति रहेको थियो।
संस्थाका अध्यक्ष देव चौलागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नयाबानेश्वर प्रहरी वृत्तमा नयाँ जिम्मेवारी सम्हालेका प्रहरी नायब उपरीक्षक हरि खतिवडा र कोटेश्वर प्रहरी प्रभागमा नयाँ जिम्मेवारी सम्हालेका प्रहरी निरीक्षक यज्ञराज भट्टलाई खादा र मालासहित स्वागत गरिएको थियो।
प्रमुख अतिथि थपलियाले अपराध नियन्त्रणका लागि प्रहरीको भूमिका अत्यन्त महत्वपूर्ण हुने भएकाले समाजले पनि प्रहरीप्रति उच्च अपेक्षा राख्ने गरेको उल्लेख गरे।
कार्यक्रमको सञ्चालन मुक्तिराज आचार्यले गरेका थिए भने संयोजन मुरारी हुमागाईंले गरेका थिए।
कार्यक्रमको अन्त्यमा अध्यक्ष चौलागाईंले उपस्थित सबैमा धन्यवाद व्यक्त गर्दै समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गरे।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ