काठमाडौं । नेपाल प्रहरीका एआईजी चन्द्र कुबेर खापुङको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरू तथा वित्तीय जानकारी इकाईका पदाधिकारीबीच समसामयिक विषयवस्तुमा गम्भीर छलफल र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा आज अनुसन्धानको गुणस्तर अभिवृद्धि, आर्थिक अपराधको प्रवृत्तिकाे भूमिका, अन्तरसंस्थागत समन्वय, तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल भएको हाे ।
एआईजी खापुङले वर्तमान परिवेशमा आर्थिक अपराधहरू जटिल बन्दै गएको उल्लेख गर्दै अनुसन्धान अधिकृतहरूले पेशागत दक्षता, इमानदारी र तथ्यगत प्रमाणहरूमा आधारित अनुसन्धानको अभ्यास गर्नुपर्नेमा जोड दिए।

ईकाईका प्रतिनिधिहरूले अनुसन्धानका लागि उपलब्ध सूचनाको प्रकार, तिनीहरूको विश्लेषण प्रक्रिया, तथा प्रहरी संगठनसँगको सहकार्यका अनुभवहरू साझा गरेका थिए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ