आइतवार, कार्तिक २३, २०८२

रियल म्याड्रिडको संघर्षपुर्ण जीत


कान्तिपथ


काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले मल्लोर्काविरुद्ध संघर्षपूर्ण जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले मल्लोर्का विरुद्ध २–१ गोल अन्तरले बिजयी भएको हो ।

रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पे र ज्याकोब रामोनले एक एक गोल गरेका थिए । रामोनले खेलको इन्जुरी समयमा गोल गर्दै रियल म्याड्रिडलाई जित दिलाएका थिए । 

त्यस्तै मल्लोर्काका लागि मार्टिन भलजेन्टले एक गोल फर्काएका थिए ।

जितसँगै रियल म्याड्रिडको ३६ खेलमा ७८ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ ।

शिर्ष स्थानमा रहेको बार्सिलोनाको ३५ खेलमा ८२ अंक रहेको छ र रियल म्याड्रिडभन्दा ४ अंकले अगाडी रहेको छ ।

त्यस्तै मल्लोर्काको ३६ खेलमा ४७ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत