काठमाडौ। अन्तराष्ट्रिय स्तरको राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर काठमाडौमा सम्पन्न भएको छ ।
भगवती मानव कल्याण संगठनले पशुपतिनाथ मन्दिर परिसरमा आयोजना गरेको शिविरमा करिव ३५ सय व्यक्तिहरु नशामुक्त भएका छन । नशामुक्तिका लागि उपस्थित सहभागिहरुलाई योगिराज शक्तिपुत्रजी महाराजले शक्तिपातको माध्यमबाट नशामुक्त गर्नुभएको हो ।
भविष्यवक्ता समेत रहनुभएका योगिराज श्री शक्तिपुत्रजी महाराजले शिविरमा भविष्यवाणी गर्दै निकट भविष्यमा भयानक विश्ययुद्ध सुनिश्चित रहेको दाबी गर्नुभयो । युद्धका क्रममा अनेकौँ देशको नक्सा बदलिने कयौ देशहरुको अस्तिव विलिन हुने उहाँको ठहर छ।
नेपलाकोसमेत भविष्यवाणी गर्दै उहाँले नेपाल सँधैझैँ स्वाधिन र गौरवशाली रहने दाबी गर्नुभयो ।
कार्यक्रममा योगिराज शक्तिपुत्रजी महाराजले बोल्ने क्रममा नेपाल र भारत विश्वमै सनातनको सन्देश दिने पवित्र भूमि भएकाले ऋषि पथमा अघि बढ्न समाजमा साधक तयार हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।
शक्तिचेतना जनजागरण शिविरमा श्री शक्तिपुत्रजी महाराजले सहभागिलाई ११ संकल्प गराउनुभयो जसमा नशा, मांशाहारमुक्त चरित्रवान, चेतनावान बनाउनु, पर्यावरणको रक्षा, गौ रक्षा लगायतको संकल्प गराइएको थियो । गलत कर्म गर्ने व्यक्तिलाई कहिल्यै साथ नदिन र आफुसमेत गलत कर्म नगर्न संकल्प गराईएको थियो।नेपाल भ्रष्टाचारका कारण अघि बढ्न नसकेकाले अब भ्रष्टाचार अन्त्यका लागि काम गर्न आग्रह गर्नुभयो । हरेक क्षेत्रमा भ्रष्टाचार मौलाउँदै गएकाले नेपालको विकासका लागि सहयोग गर्न भारत सरकारलाइ समेत आग्रह गर्नुभयो। नेपाल र भारत सरकार मिलेर संयुक्त रुपमा भ्रष्टाचार उन्मुलनका लागि काम गर्न आग्रह गर्नुभयो।
यस्तै शक्तिपुत्र महाराजले आत्मिक परिवर्तनका लागि नेपालीहरुका लागि छुट्टै कुण्डलीनि शक्तिको विशेष साधनाको कार्यक्रम प्रदान गर्ने बताउनुभयो। शक्तिसाधना गराउँदै साधनाको रहस्यका बारे अनुभूतिको यात्रामा अघि बढाउने उहाँले प्रतिवद्धता व्यक्त बताउनुभयो ।
शिविरको प्रथम दिवसमा शिविरको प्रातकालिन समयमा देश विदेशबाट आएका हजारौँ सहभागिहरुले योग ध्यान साधनाको निशुल्क लाभ प्राप्त गरेका थिए । कार्यक्रमका सहभागिहरुलाइ योगाशनका साथै अष्टांग योगका विविध क्रमका वारेमा मार्गदशन गराईएको थियो ।
पहिलो दिनको योग साधना कार्यक्रमलाई सञ्चालन गर्दै शक्ति स्वरुपा दिदी सन्ध्या शुक्ला ज्यूले योगको वहुआयमिक लाभको विषयमा प्रकाश पार्नुभयो । योग अभ्यास नगर्ने मानिसहरुले आफ्नो स्वास्थ्य माथि आफैँ खेलवाड गरिरहको भन्दै नियमित समय दिएर रोग अनुरुपका योगासन गर्न सुझाव दिनुभयो ।योग शिविरमा भगवती मानव कल्याण संगठनकी केन्द्रिय अध्यक्ष शक्तिस्वरुपा दिदी पुशा शुक्ला ज्यू एवम् पञ्चज्योति शक्तितिर्थ सिद्धाश्रम ट्रस्टकी प्रधान न्यासी ज्योति शुक्लाज्यूले समेत सहभागिहरुलाई मार्गनिर्देशन दिनुभएको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ