दोलखा । नेकपा माओवादी केन्द्रका नेता तथा दोलखा प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सांसद गंगा कार्की ‘विश्व’लाई पितृशोक परेको छ ।
स्वर्गीय टेकबहादुर कार्कीको निधनले पारिवारमा गहिरो शोक परेको छ।
निधनको कारण भने सार्वजनिक गरिएको छैन।
स्वर्गीय कार्की एक सम्मानित तथा सरल व्यक्तित्वका रूपमा चिनिनु हुन्थ्यो। उहाँको जीवनभरको संघर्ष, त्याग र योगदान सांसद कार्कीका लागि प्रेरणाको स्रोत रहेको थियोे।
यस शोकको घडीमा सांसद गंगा कार्की ‘विश्व’ तथा उहाँको सम्पूर्ण परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौं।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ