काठमाडौं । राजधानीको बालकुमारी क्षेत्रमा अवैध मोबाइल कारोबारमा संलग्न आशंकामा दुई जनालाई प्रहरीले १६८ थान मोबाइलसहित पक्राउ गरेको छ।
प्रहरीका अनुसार, कोटेश्वर प्रहरी प्रभागबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–३२ स्थित बालकुमारी सडकखण्डमा चेकजाँचका क्रममा शंका लागि दुई जना युवालाई रोकेको थियो। जाँच गर्ने क्रममा उनीहरूबाट विभिन्न ब्रान्डका नयाँ मोबाइलहरू ठूलो संख्यामा फेला परेका हुन्।
पक्राउ पर्नेहरूमा नुवाकोट जिल्ला, विदुर नगरपालिका–१३ का २४ वर्षीय शंकर श्रेष्ठ र भक्तपुर नगरपालिका–२ का २३ वर्षीय कुशल सिलपकार छन्।
मोबाइलकाे सूची:
Vivo – ३० थान
Samsung – २५ थान
Oppo – १७ थान
Realme – १६ थान
Redmi – १३ थान
iPhone – १३ थान
OnePlus – १० थान
Motorola – ६ थान
Nokia – ३ थान
अन्य ब्रान्ड – ३५ थान
जम्मा १६८ थान नयाँ मोबाइल फोन बरामद गरिएको र ती मोबाइलहरूको कुनै वैध कागजात देखाउन नसकेको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी परिसर, काठमाडौंका अनुसार पक्राउ परेकाहरूको गतिविधि र मोबाइलको स्रोतसम्बन्धी विस्तृत अनुसन्धान भइरहेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ