सप्तरी । सप्तरीको खडक नगरपालिका ७ कल्याणपुरमा रहेको नेपाल बैंकमा चोरी भएको छ।
गएराति १२ः२० बजेदेखि बिहान ३ बजेको बिचमा चोरी भएको सप्तरी प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्र कुमार बस्नेतले बताए।
बैंकका सुरक्षा गार्ड शम्भुनाथ नगरपालिका ७ भगाहाका ३९ वर्षीय प्रमोद चौधरी र कन्चनरुप नगरपालिका ५ का ४४ वर्षीय पर्शुराम चौधरी सोही बैंकको गार्ड सुत्ने कोठामा सुति रहेको बेला चोरी भएको बस्नेतले जानकारी दिएका छन्।
गार्डकै कोठाको दराजमा रहेको एक नाले १२ बोरको बन्दुक, यसको २० राउण्ड गोलि, २ वटामोवाइल र डिजिटल तराजु र एउटा झोला समेत चोरी भएको छ।
पछि थाहा पाएर सुरक्षा गार्डले नै साढे ३ बजे इलाका प्रहरी कार्यालयमा जानकारी गराएका थिए।
सो क्रममा रकम भने चोरी नभएको डीएसपी बस्नेतले जानकारी दिए।
उनका अनुसार पक्राउ परेका व्यक्तिले आफूलाई अर्कै व्यक्तिले गार्डको हतियार चोरेर ल्याउन लगाएको प्रारम्भिक सोधपुछका क्रममा बताएका छन्।
त्यसका लागि पैसा दिने आश्वासन समेत पाएको ती व्यक्तिको भनाइ उल्लेख गर्दै प्रहरीले जनाएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ