मङ्लबार, मंसिर २३, २०८२

सभामुख महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला


कान्तिपथ


काठमाडौं । तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाउँदै नेपाली राजनीतिक वृत्तलाई हल्लाइदिने काण्डमा संलग्न रोशनी शाही मृत अवस्थामा फेला परेकी छन्।

उनी आइतबार भक्तपुरको सूर्यविनायक नगरपालिका–१०, बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्दै आएकी थिइन्।

कोठाभित्रै मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरकाले जानकारी दिएको छ ।

घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ । दिउँसो १ बजेर ५० मिनेटमा कोठाभित्रै मृत अवस्थामा उनी फेला परेकी हुन् ।

बहुचर्चित महरा काण्ड

२०७६ साल असोज महिनामा रोशनी शाहीले तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको प्रयास गरेको गम्भीर आरोप लगाएकी थिइन्। संसद सचिवालयमा कार्यरत रहेकी शाहीले महराले मादक पदार्थ सेवन गरेर आफू बस्दै आएको कोठामा आएर जबरजस्ती गर्न खोजेको दाबी गरेकी थिइन्। उक्त घटनाले नेपाली राजनीतिमा ठूलो तहल्का मच्चाएको थियो।

प्रकरण सार्वजनिक भएपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिनुपरेको थियो र उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालिएको थियो। सो मुद्दा काठमाडौं जिल्ला अदालतमा पुग्दा प्रारम्भिक बयानभन्दा फरक बयान दिएपछि शाहीको विश्वसनीयता माथि प्रश्न उठेको थियो। अदालतले अन्ततः महरालाई प्रमाण अभावका कारण २०७६ साल फागुनमा सफाइ दिँदै रिहा गर्‍यो।

शंकास्पद मृत्यु

रोशनी शाहीको मृत्युले उक्त पुरानो मुद्दालाई पुनः सार्वजनिक चासोको केन्द्रमा ल्याएको छ। सामाजिक सञ्जालमा उनको मृत्यु रहस्यमय र शंकास्पद भएको तर्कसहित निष्पक्ष छानबिनको माग उठ्दैछ। प्रहरी स्रोतका अनुसार हालसम्म आत्महत्याको आशंका गरिएको छ तर अन्तिम निष्कर्ष पोष्टमार्टम रिपोर्टपछि मात्र आउनेछ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत