आइतवार, कार्तिक २३, २०८२

गृहमन्त्री माथी छानबिन गर्न रास्वपाको माग, नगरेसम्म संसद चल्न नदिने


कान्तिपथ


काठमाडौं । भिजिट भिषा प्रकरणमा स्वतन्त्र आयोग गठन गर्नु पर्ने माग अघि आएको छ।

प्रतिनिधिसभाका बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले स्वतन्त्र आयोग गठन गरेर गृह मन्त्री रमेश लेखकको राजिनामा मागसमेत गरेका छन् ।

रास्वपा सांसद शिशिर खनालले आयोग गठन नभएसम्म संसद चल्न नदिने जानकारी दिएका हुन् ।  ‘कुनै निकायले प्रमाण जुटाउँदैछ भने प्रमाण जुटाउन दिने कि प्रमाण नष्ट गर्न उसलाई सरुवा गर्ने ? अनुसन्धान कर्मचारीमात्रै नभई गृहमन्त्रीको पनि गर्नुपर्छ,’ उनले भने, ‘त्यसैले प्रहरीबाट हुने अनुसन्धानमा हामीलाई शंका छ । विगतमा नक्कली भुटानी शरणार्थी प्रकरण दबाइयो, रवि लामिछानेलाई तीन महिनामा हिरासतमा राखियो तर सत्ता पक्षका सांसदलाई बोलाएर चिया खुवाइयो, अनि हामीले कसरी विश्वास गर्ने छानबिन निष्पक्ष हुन्छ भनेर ? त्यसैले निष्पक्ष छानबिन समिति बनाउनु पर्छ ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत