मङ्लबार, माघ २७, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • पत्रकारलाई धम्की : सिरहा नगरप्रमुख डा. यादवप्रति पत्रकार महासंघको घोर आपत्ति

पत्रकारलाई धम्की : सिरहा नगरप्रमुख डा. यादवप्रति पत्रकार महासंघको घोर आपत्ति


कान्तिपथ


सिरहा। सिरहा नगरपालिका नगरप्रमुख डा. नविन यादवद्वारा सिरहाका पत्रकारहरूलाई दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघ केन्द्रिय समिति , मधेस प्रदेशको समिति र सिरहा शाखाले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरि कडा आपत्ति जनाउँदै उक्त व्यवहारलाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर हमला भनेको छ ।

गत जेठ १२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिरहा नगरपालिकामा विभिन्न फाइलहरूबारे गरेको छानबिनसँग सम्बन्धित समाचार सम्प्रेषण गर्नु सञ्चारकर्मीहरूको पेशागत दायित्व भएको महासंघले स्पष्ट पारेको छ ।

त्यस्तो समाचार प्रकाशन रोक्ने प्रयास प्रेस स्वतन्त्रताको गम्भीर उल्लङ्घन भएको महासंघको भनाइ छ ।

नगरप्रमुख यादवले समाचार लेख्ने सञ्चारमाध्यम तथा पत्रकारहरूलाई चेतावनी दिँदै कारबाहीको धम्की दिएको विषयमा महासंघले आपत्ति जनाउँदै यस्तो अभिव्यक्तिले लोकतान्त्रिक मूल्यमान्यताको अपमान भएको बताएको छ ।

महासंघका अनुसार यस्तो व्यवहारले प्रेस स्वतन्त्रता दबाउने दुस्साहसिक संकेत दिन्छ, जुन कुनै हालतमा स्वीकार्य छैन ।

महासंघले पत्रकारलाई धम्की दिएर सत्य र निष्पक्ष समाचार लेखनमा अवरोध सिर्जना गर्न खोजिएमा त्यसको कडा प्रतिवाद गरिने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

महासंघले सबै तहका सरकारी निकाय तथा जनप्रतिनिधिहरूलाई प्रेस स्वतन्त्रताको सम्मान गर्न र सञ्चारकर्मीलाई सुरक्षित वातावरणमा काम गर्ने सुनिश्चितता दिन आग्रह गरेको छ ।

साथै, महासंघले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आह्वान गर्दै सम्पूर्ण सञ्चारकर्मीहरूलाई सचेत र एकजुट रहन अनुरोध गरेको छ ।

त्यसै गरी नेपाल पत्रकार महासंघ मधेस प्रदेश समिति ले पनि बिञपती प्रकाशित गरि मेयर को धम्कीपूर्ण अभिव्यक्ति प्रती कडा निन्दा गरेको छ।नेपाल पत्रकार महासंघ केन्द्रिय समिति ले
सिराहाका मेयर नवीन यादवको गैरजिम्मेवार अभिव्यक्ति निन्दनीय र प्रेसविरोधी कदम भएको बिञ्पतिमा उल्लेख गरिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत