आइतवार, बैशाख २७, २०८३
  • गृहपृष्‍ठ
  • समाज
  • नेपोलियन चेपाङलाई गणतन्त्र दिवसमा विकास पत्रकारिता पुरस्कार

नेपोलियन चेपाङलाई गणतन्त्र दिवसमा विकास पत्रकारिता पुरस्कार


गणेश विक


हेटाैडा । गणतन्त्र दिवस, २०८२ को अवसरमा बागमती प्रदेश सरकारले चेपाङ समुदायका पहिलाे पत्रकार नेपाेलियन चेपाङलाई विकास पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ ।

हाल राेडम्याप न्युज डटकमसङ्ग आबद्ध चेपाङ विगत २० वर्षदेखि पत्रकारिता पेशामा निरन्तर लागिरहेका चेपाङलाई हेटौंडामा आयोजना भएको गणतन्त्र दिवस समारोहमा नगद २५ हजारसहित सम्मान गरिएको हो ।

प्रदेश प्रमुख दिपक प्रसाद देवकोटा, मुख्यमन्त्री बहादुरसिँह लामा, आन्तरिक मामिलामन्त्री सुरजचन्द्र लामिछानेले चेपाङलाई सम्मान गरेका हुन ।

गाेरखापत्र संस्थानबाट प्रकाशित बहुभाषा पृष्ठमा चेपाङ भाषाकाे पृष्ठ संयाेजक समेत हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत