मङ्लबार, माघ २७, २०८२

नरहा गाउँपालिकाका अध्यक्षलाई महिलाहरुको समूहले घेरे


गणेश विक


सिरहा । नरहा गाउँपालिका अध्यक्ष राम प्रमोद यादव उर्फ डमरमाथि सरकारी गाडीको दुरुपयोग गरेको आरोप लागेपछि स्थानीय महिलाहरुको समूहले गाउँ यथार्थ पानबारीस्थित मुसरी टोलमा घेराउ गरेका छन्। घटनास्थलमा बेलुका करिब ८:३० बजे भएको बताइएको छ।

स्थानीय स्रोतका अनुसार २० देखि ३० जनासम्मको संख्यामा महिलाहरुले अध्यक्ष यादवलाई घेराउ गर्दै सरकारी गाडीको चाबी खोसेर प्रहरीलाई जिम्मा लगाएका थिए। चाबी बुझाइएको केही समयमै यादव भने आफ्नो घरबाट अर्को चाबी मगाई गाडी लिएर प्रहरीको घेराबाट फरार भएका थिए।

प्रत्यक्षदर्शीहरुको भनाइ अनुसार, उक्त रात अध्यक्ष यादव वडा नं २ का वडा अध्यक्ष सम्झना सिंहलाई भोज खुवाएर घर पुर्याउन आएको थिए। स्थानीयले प्रहरीलाई जानकारी दिए पनि यादवलाई नियन्त्रणमा लिन सकिएको थिएन।

यस विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

गाउँपालिकाका प्रमुख पदधारीमाथि यस किसिमको गम्भीर आरोप लाग्दा स्थानीयबीच चासो बढेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत