काठमाडौं। एक जना व्यक्ति राजा चाहियो भनेर आन्दोलन गर्नेहरू क्रान्तिकारी भएको दाबी गर्दै लोकतान्त्रिक गणतन्त्र पक्षधरलाई झोले भन्दै होच्याउन थालेपछि नेकपा एमालेले झाेले अभियान सञ्चालन गरेको छ।
जनताका सेवामा काम गर्ने आफूहरू झोले भएको भन्दै राजा ल्याउन आन्दोलन गरिरहेकाहरूलाई व्यङ्ग्य गरेको छ।
आफ्नो फोटो सामाजिक संजालमा राखेर प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू जनताको लागि झोले भएको पोस्टर सार्बजनिक गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनता र राष्ट्रका हित बोकेर हिँड्ने ‘झोले’ हुनुमा गर्व रहेको दाबी गरेका छन् । शनिवार काठमाडौँमा बुद्धिजीवी परिषद्को महाधिवेशनलाई सम्बोधन गर्दै उनले सही कुरालाई समर्थन गर्दा झोले भन्ने प्रवृत्ति बढेको बताए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ