आइतवार, कार्तिक ३०, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • काडाघारीबाट १५ वर्षीय किशोर बेपत्ता : परिवारले भने, ‘हाम्रा छोरा फिर्ता ल्याउन सहयोग गरिदिनुहोस्’

काडाघारीबाट १५ वर्षीय किशोर बेपत्ता : परिवारले भने, ‘हाम्रा छोरा फिर्ता ल्याउन सहयोग गरिदिनुहोस्’


कान्तिपथ


काठमाडौं । काडाघारीस्थित बिरेन्द्र चोकबाट शनिबार एक १५ वर्षीय किशोर बेपत्ता भएका छन्।

सर्लाही जिल्लाको कबिलासी नगरपालिका–८ स्थायी ठेगाना भई हाल काठमाडौं काडाघारीमा बस्दै आएका निकेश शाह घरबाट निस्केपछि बेपत्ता भएका हुन्।

निकेश शनिबार अपरान्ह काडाघारीबाट अचानक सम्पर्कविहीन भएपछि परिवारले खोजीका लागि हराएकाे सूचना जारी गरेका छन्।

परिवारका अनुसार उनले हरियो रंगको हाफ सर्ट, खैरो पेन्ट, सेतो जुत्ता र ब्याग बोकेका थिए।

निकेशका बुबा देबेन्द्र शाहले स्थानीय प्रहरी कार्यालयमा लिखित निवेदनसमेत दिइसकेको जानकारी दिएका छन्।

तर, यति बेलासम्म पनि निकेशको अत्तोपत्तो नलागेकाले परिवार चिन्तित छन्।

परिवारको आग्रह
“छोरा घरबाट निस्किएको देखियो, तर त्यसपछि सम्पर्क हुन सकेन। हामीले खोज्ने धेरै प्रयास गर्यौं, प्रहरीमा निवेदन पनि दियौं तर आजसम्म केही पत्ता लागेन,” निकेशका बुबा देबेन्द्र शाहले भने, “कृपया हाम्रो छोराको खोजीमा तपाईंहरूको सहयोग गरिदिनुहोस्।”

यदि निकेश शाहलाई कतै देख्नु भएको छ वा उनीबारे कुनै जानकारी प्राप्त भएको छ भने नजिकको प्रहरी कार्यालयमा खबर गर्न १०० वा परिवारको सम्पर्क नम्बर ९८१३३७६३०६ मा तत्काल जानकारी गराउन अनुरोध गरिन्छ।

प्रहरी अनुसन्धानमा जुटेको जानकारी
काठमाडौं महानगर प्रहरी परिसरका अनुसार किशोर बेपत्ता भएको खबर प्राप्त भएलगत्तै खोजी प्रक्रिया सुरु गरिएको छ। सीसीटीभी फुटेज, मोबाइल ट्र्याकिङ र अन्य सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत