काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजु पाण्डे निलम्बनमा परेका छन् ।
उनी ६ महिनाको लागि निलम्बनमा परेका हुन् ।महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको निर्णयअनुसार उनलाई पदबाट हटाइएको हो ।
महानगरका उच्च स्रोतका अनुसार केही दिनअघि प्रशासकीय प्रमुख गुरागाईंलाई कार्यालय प्रवेशमा अवरोध गरिएको आरोप पाण्डेमाथि लागेको थियो ।
यस सम्बन्धमा पाण्डेसँग मागिएको स्पष्टीकरण सन्तोषजनक नठहरिएपछि निलम्बनको प्रक्रिया अघि बढाइएको हो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ