आइतवार, माघ ४, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • समाज रुपान्तरणको बाधक नै जातीय छुवाछुत भएकोले यसलाई सामुहिक ढंगले निर्मुल गर्नुपर्छ : कानुनमन्त्री सार्की

समाज रुपान्तरणको बाधक नै जातीय छुवाछुत भएकोले यसलाई सामुहिक ढंगले निर्मुल गर्नुपर्छ : कानुनमन्त्री सार्की


कान्तिपथ


सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिं सार्कीले नेपाली समाजको राजनितिक, आर्थिक, सामाजिक र सांस्कृतिक बिकास र रुपान्तरणको बाधक नै जातीय भेदभाव र छुवाछुत भएकोले यसलाई सामुहिक ढंगले निर्मुल पार्नुपर्ने बताउनु भयो ।

सो कुरा उहाँले आज १९ औ जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवशका अवसरमा धनगढीमा आयोजित प्रभातफेरी कार्यक्रमको समापन सत्रमा बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री सार्कीले सुदूरपश्चिम प्रदेश सरकार कसैलाई पछाडी नछाड भन्ने संकल्पका साथ दीगो बिकास लक्ष्य २०३० का लक्ष्यहरुसंग दलित समस्याहरुको एकिकृत समाधान हुनुपर्दछ भन्ने मान्यताका अगाडी बढीरहेको बताउनु भयो ।

संबिधानसभा सदस्य अफिलाल ओखेडाले नेपालको लोकतान्त्रिक गणतान्त्रिक संबिधान २०७२ ले जातीय, लैंगिक, बर्गिय र क्षेत्रीय बिभेदलाई अन्त्य गरेकोले त्यसलाई संस्थागत गर्नका लागि राज्य नै जीम्मेवार हुनुपर्ने कुरामा जोड दिनुभयो । साथै उहाँले अहिलेको अवस्थामा मनोबैज्ञानिक हिसावले उग्रकान्ती र मौनशान्तिको बाटोमा हिडन नहुने बताउनु भयो ।

कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले अझैपनि सामाजिक कलंक रुपमा रहेको जातीय भेदभाव र छुवाछुतलाई अन्त्य गर्नका लागि निरन्तर अभियान सञ्चालन गरिनुपर्ने कुरामा जोड दिनुभयो । साथै उहाँले जातीय भेदभाव र छुवाछुत बिरुद्ध निर्माण भएका कानुनहरुको प्रभावकारी कार्यान्वयनका लागि आफु प्रतिबद्ध रहेको बताउनु भयो ।

कार्यक्रमको सहजीकरण गर्दै राष्ट्रिय दलित नेटवर्क, नेपालका कार्यकारी निर्देशक हुकुम सार्कीले दलित अधिकार दशकलाई सफल बनाउन मिति २०८२ जेष्ठ १० देखि २१ गतेसम्मको अवधीमा बिभीन्न कार्यक्रमहरु आयोजना गरि १२ दिने दलित अधिकार अभियानका रुपमा मनाईएको बताउनु भयो । साथै उहाँले जेष्ठ १० गते जातीय छुवाछूत तथा भेदभाव (कसुर र सजाय ऐन) २०६८ संसदबाट पारित भएको दिन, जेष्ठ १५ गते संघीय संसदमा बजेट आउने दिन, जेष्ठ १६ गते महिला अधिकार दिवश, जेष्ठ १८ गते छुवाछूत बिरोधी ऐनमा लालमोहर लागेको दिन र जेष्ठ २१ गते छुवाछूत मुक्त राष्ट्र घोषणा भएको दिन अर्थात दलित अधिकार दिवश भएकोले यी सबै दिनहरुलाई सम्झेर १२ दिने दलित अधिकार अभियानको सान्दर्भिकता रहेको चर्चा गर्नुभयो ।

जिल्ला प्रशासन कार्यालय कैलालीको आयोजना र दलित अधिकारको क्षेत्रमा क्रियाशिल राष्ट्रिय दलित नेटवर्क, नेपाल, दलित महिला संघ, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, दलित गैरसरकारी संस्था महासंघ, मानव अधिकार संरक्षण मञ्चसंगको समन्वयमा जातीय भेदभाव र छुवाछूतको अन्त्य गरौ, सामाजिक न्याय सहितको मानव मर्यादा कायम गरौ । भन्ने मुल नाराका साथ १९ औ जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवश को अवसरमा धनगढीको चौराहाबाट प्रभातफेरी शुरु भई पार्कमोडमा कोणसभामा परिणत भएको थियो । सो अवसरमा डिआईजी डम्बर बहादुर बिश्वकर्मा, सामाजिक बिकास कार्यालयका कुलराज सोती लगायतले मन्तब्य ब्यक्त गर्नुभयो । कार्यक्रममा दलित महिला संघ सुदुरपश्चिम समितिका अध्यक्ष अम्बीका ताम्राकारले स्वागत गर्नु भएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत