सोमवार, मंसिर २२, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • एमालेका ओली, पोखरेल, भट्टराई, ढकाल, अर्यालविरुद्ध अख्तियारमा उजुरी

एमालेका ओली, पोखरेल, भट्टराई, ढकाल, अर्यालविरुद्ध अख्तियारमा उजुरी


कान्तिपथ


काठमाडौं । एमाले अध्यक्ष केपी ओली र बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका नेताहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

झापाको गिरिबन्धु टि स्टेट जग्गा प्रकरण, कोरोना खोप आयातको कमिसन र नेपाल भ्रमण वर्ष सचिवालयमा अरबौं अनियमितता भएको आरोप लगाउँदै अख्तियारमा उजुरी परेको हो ।

उजुरीमा एमाले अध्यक्ष केपी ओली, बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव योगेश भट्टराई नेताहरु भानुभक्त ढकाल, पद्मा अर्याल लगायतमाथि छानविन गरि कारवाही गर्न माग गरिएको छ ।

सबै भ्रष्टाचार काण्डहरुको नेतृत्व प्रधानमन्त्रीका रुपमा केपी ओलीले गरेको र उप्रधानमन्त्री पोखरेल पर्यटन मन्त्री भट्टराई, स्वास्थ्य मन्त्री ढकाल र भूमि व्यवस्था मन्त्रीका रुपमा अर्यालको प्रत्यक्ष संलग्नता रहेको आरोप उजुरीकर्ताले लगाएका छन् ।

नेकपा(एकिकृत समाजवादी) पार्टी निकट अनेरास्ववियूको बागमति प्रदेश कमिटी संयोजक दिपक बुढाथोकीले उजुरी हालेका हुन् ।

ओलीसहितका एमाले नेताहरुविरुद्ध अख्तियारमा उजुरी हाल्न अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीसहितको टोली टंगाल पुगेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत