मङ्लबार, फाल्गुन ५, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • ‘तँ’ बोल्दा सई पन्त आक्रोश : महिलामाथि निर्मम कुटपिट, भिडियोले मच्चायो सनसनी

‘तँ’ बोल्दा सई पन्त आक्रोश : महिलामाथि निर्मम कुटपिट, भिडियोले मच्चायो सनसनी


कान्तिपथ


काठमाडौं । कैलालीको टीकापुरमा एक प्रहरी अधिकृतद्वारा सर्वसाधारण महिलामाथि गरिएकाे कुटपिटको घटनाले सामाजिक सञ्जालमा चर्को आलोचना भईरहेकाे छ।

https://m.facebook.com/story.php?story_fbid=pfbid02zz3YMJa13z6Q5fQeViTVAcipv7SyTdriRCCLyX6yow9NZ5gc4VvxKu6UhqqKumZFl&id=100069361270796&mibextid=CDWPTG

सत्ती प्रहरी चौकीका ईञ्चार्ज सई (सहायक निरीक्षक) यज्ञराज पन्तले एक महिलामाथि गरेको अमानवीय व्यवहारको भिडियो अहिले भाइरल बनेको छ।

घटनामा परेकी महिला राजकुमारी कुँवर शाह हुन्। जो टीकापुर नगरपालिका–१ की स्थायी बासिन्दा हुन्। शुक्रबार साँझ करिब साढे ४ बजेको समयमा, उनी कुनै व्यक्तिगत कामको सिलसिलामा चौकी नजिकै पुग्दा सई पन्तसँग सामान्य संवादमा “तँ” शब्द प्रयोग गरेको भन्दै उनलाई सार्वजनिक स्थानमै निर्घात कुटपिट भएको हो।

भिडिओले उजागर गर्‍याे प्रहरीको चरम दम्भ

सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा सई पन्तले राजकुमारी कुँवरलाई बारम्बार गालीगलौज गर्दै निर्घात कुटिरहेका देखिन्छन्।

भिडियोमा उनले महिलाको हात समातेर धकेल्दै, थिच्दै, र शारीरिक बल प्रयोग गर्दै अभद्र व्यवहार गरिरहेको देखिन्छ।

प्रहरीले महिलालाई धक्का दिँदै “तँ कसरी भन्न सकिस मलाई तँ भनेर?” भनेर चिच्याएको दृश्यले प्रहरी प्रशासनमा व्याप्त दम्भ, लिंगीय असमानता र अनुशासनहीनता उजागर गरेको छ।

प्रहरीजस्तो अनुशासित निकायमा कार्यरत एक जिम्मेवार अधिकृतबाट यसरी सार्वजनिक ठाउँमा महिलामाथि कुटपिट हुनु गम्भीर मानव अधिकार उल्लंघनको विषय हो। स्थानीयवासी र मानव अधिकारकर्मीहरूले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत