सोमवार, मंसिर २२, २०८२

धनुषामा ट्राफिक सप्ताह २०८२’ मनाइदै


कान्तिपथ


धनुषा । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले सडक अनुशासन पालन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि बिहीबारबाट धनुषा जिल्लामा ट्राफिक सप्ताह २०८२’ सुरु गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख सूर्य बहादुर शाहीले सडक सुरक्षाप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ट्राफिक सप्ताह आयोजना गरिएको बताएका छ्न।

ट्राफिक सप्ताहको दोस्रो दिन पुर्व पश्चिम राजमार्ग अन्तरगत जिल्लाको गणेश मान चारनाथ नगर पालिका -८
स्थित पाेर्ताहा ट्राफिक प्रहरीले बसकाे यात्रीहरुलाई ट्राफिक नियम सम्बन्धि जानकारी गराइएका छ्न।

ट्राफिक प्रहरी हवल्दार धुर्व सुबेदीले यात्रु बाहक बसहरुको आरक्षण सिट चेकजाच गरी २०० भन्दा बढीयात्रुहरू लाई ट्राफिक नियम सम्बन्धि जानकारी गराइएका हुन।

ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत ट्राफिक नियमका बारेमा जनचेतनामूलक रयाली, सडक प्लेकार्ड, विद्यालयमा सचेतना कार्यक्रम, ड्राइभरहरूका लागि विशेष अभिमुखीकरणलगायत विभिन्न गतिविधि सञ्चालन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत