सोमवार, फाल्गुन ४, २०८२

उपत्यका ट्राफिक प्रहरीको रिफ्रेसमेन्टका लागि पदयात्रा


कान्तिपथ


काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी कर्मचारीहरूको शारीरिक तथा मानसिक स्फूर्ति अभिवृद्धिका लागि रिफ्रेसमेन्ट कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रमको नेतृत्व काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी स्वयंले गर्नुभएको हाे।

उनको प्रेरणादायी नेतृत्वमा कार्यालय तथा मातहत कार्यरत कुल ११५ जना ट्राफिक प्रहरी कर्मचारीहरू सहभागी थिए।

उक्त पदयात्रा (Hiking) कार्यक्रम शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज हुँदै नेपाल आर्मी स्टाफ कलेज, नागिगुम्बा, तारेभीर, र सुन्दरीजल सम्मको मार्गमा सम्पन्न भएको हो।

कार्यक्रमको उद्देश्य केवल रिफ्रेसमेन्ट मात्र नभई आपसी समन्वय, समूहभावना र प्रकृतिसँगको आत्मीयता अभिवृद्धि गर्नु रहेको बताइएको छ। यस किसिमको पदयात्राले प्रहरी कर्मचारीहरूमा सकारात्मक ऊर्जा, स्वास्थ्यप्रद जीवनशैली र मानसिक ताजगीको विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

सामान्यतया व्यस्त र चुनौतीपूर्ण शहरी ट्राफिक व्यवस्थापनको जिम्मेवारीमा खटिने ट्राफिक प्रहरीहरूको यस्तो सक्रिय सहभागिता झनै प्रेरणादायी छ।

एसएसपी अधिकारीको सक्रियता, योजना तथा नेतृत्वले प्रहरी संगठनभित्र सहकर्मीहरूमा आत्मबल र उत्साह बढाएको देखिन्छ।

सुरक्षा क्षेत्रका कर्मचारीहरूलाई तनावमुक्त वातावरण दिने यस्ता कार्यक्रमहरू अन्य सुरक्षा निकाय तथा सरकारी संस्थाका लागि पनि अनुकरणीय उदाहरण बन्न सक्छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत