काठमाडौं । धादिङ जिल्ला नीलकण्ठ नगरपालिका-७ निवासी कमल बहादुर श्रेष्ठ वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका बेला उनकी श्रीमती सविना राई श्रेष्ठ अचानक घरबाट सम्पर्कविहीन भएकी छिन्।
जेठ १४ गते दिउँसो करिब ३ बजेको समयमा उनी घरबाटै हराएकी हुन्।
साढे दुई वर्षीय छोरालाई घरमै छाडेर बेपत्ता भएकी सविनाको खोजीका लागि कमलकि आमाले धादिङ जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन्। उक्त उजुरी जेठ १५ गते दर्ता गरिएको जिल्ला प्रहरीले कार्यालय धादिङले जनाएको छ।
कमल र सविनाको विवाह करिब ४ वर्षअघि भएको हो। उनीहरूबीचको वैवाहिक सम्बन्धमा विगत केही समयदेखि असमझदारी रहेको जनाइएको छ।
सविनाको माइती घर उदयपुर हाे।
स्थानीयहरूका अनुसार सविना यसअघि पनि एकपटक घरबाट भागेकी थिइन्।
उनका श्रीमान्ले दिएको जानकारी अनुसार, भागेर गएको व्यक्तिसँग उनको पहिले देखिको सम्पर्क थियो ।
र उनीहरू एकअर्काको घरमा आउनेजाने गर्थे। छिमेकीहरू ती युवकलाई ‘दाइ’ भनेर चिन्थे। र सविनाले पनि छिमेकीहरुलाई दाइ हाे भनेर भन्ने गर्थिन् ।
हाल सविना भागेर गएको भनिएको युवक धादिङकै रुवीभ्याली गाउँपालिकाको बासिन्दा भएको उनका श्रीमान् कमलले बताए ।
ती युवकसँग सविनाको फेसबुकमार्फत पनि निरन्तर सम्पर्कमा रहेको शंका गरिएको छ।
सविनाले घरबाट बाहिरिँदा पैसा, गरगहना, श्रीमान्को नागरिकताको कागजात समेत साथमा लगेकी छन्। यद्यपि उनले आफ्ना छोरा र श्रीमान्की आमालाई भने घरमै छोडेर गएकी हुन्।
प्रहरी कार्यालय धादिङले सविनाको खोजी कार्य तीव्र बनाएको जनाएको छ।
धादिङ जिल्ला प्रहरी कार्यालयका एक अधिकारीले भने, “उजुरी प्राप्त भएको छ। अनुसन्धान सुरु गरिएको छ । ती सविना कहाँ गइन्, कोसँग सम्पर्कमा छन् भन्ने विषयमा हामी छानबिन गरिरहेका छौं।”
आर्थिक भार र पीडाको दोहोरो चोट
करिब ४ वर्षअघि विवाह गरेका कमल र सविनाको घरमा अहिले कमलकी आमासँगै उनीहरुको सानो छोराले बसिरहेका छन्।
विदेश जानुअघि कमलले घर बेच्नुपर्ने अवस्थामा पुगेका थिए । तरपछि उनले ऋण लिने निधाे गरे ।
स्वालम्बन सहकारीबाट: ४ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकबाट: २ लाख रुपैयाँ र एनआईसी बैंकबाट: ३ लाख रुपैयाँ सापटी अथवा ऋण लगेका थिए।
कमलले विदेशमा कमाएर घर फर्काइएका रकममध्ये ७ लाख रुपैयाँ श्रीमती सविनाको नाममा पठाएका थिए।
तर श्रीमतीले त्यो रकम लिएर बेपत्ता भएपछि उनी ठूलो आर्थिक र मानसिक संकटमा परेका छन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ