बिहिबार, असार २६, २०८२

१३ जुवाडे पक्राउ


गणेश विक


ललितपुर, महालक्ष्मी नगरपालिका-९ लुभु लामाटार ज्याकटा टोल बस्ने ४० वर्षीय जोसिराज राईको घरमा जुवातास खेलिरहेको अवस्थामा जोसिराज समेत १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, शाखा कार्यालय ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ४७ हजार ६ सय ३५ रूपैयाँ, १३ थान मोबाइल र तास ८ बुक सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत