बिहिबार, असार २६, २०८२

प्रतिनिधिसभाको बैठक तनावका बिच सुरू, रास्वपाद्वारा नाराबाजी


कान्तिपथ


काठमाडौं, १ असार । प्रतिनिधिसभाको बैठक सुरू भएको छ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक सुरू भएको हो । सो बैठक बिहान ११ः०० बजे बोलाए पनि झन्डै २ घन्टा ढिला गरी सुचारू भएको हो ।

तर, आजको बैठक पनि राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले भने उभिएर बिरोध गरिरहेका छन् । तर, सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाइ समय दिए पनि रास्वपाले भने बेल घेराउ गरिरहेका छन् ।  

आजको बैठकमा राष्ट्रियसभावाट उत्पति भएको पानी जहाज ९सञ्चालन तथा ब्यवस्थापन० बिधेयक, २०८१ का सबन्धमा राष्ट्रियसभावाट प्राप्त सन्देशसहितको बिधेयक टेबुल गरिने कार्यसुची रहेको छ ।

आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ ’ पेस गर्ने कार्यसूचीमा राखिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत